ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनप्रतिनिधिको तलबमा ८ करोड खर्च

Nov 1, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानका दशओटै स्थानीय तहका जनप्रतिनिधिको तलबमा गत आर्थिक वर्ष २०७५/७६ मा ८ करोड रुपैयाँ खर्च भएको छ । संविधानमा जनप्रतिनिधिको पारिश्रमिक तोक्न नपाइने उल्लेख भए पनि यहाँका जनप्रतिनिधिले संविधानविपरीत मासिक पारिश्रमिक लिँदै आएका हुन् ।   

जिल्लामा ३ नगरपालिका र ७ गाउँपालिका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा आर्थिक वर्ष २०७५/७६ मा १ करोड ७७ लाख १० हजार रकम जनप्रतिनिधिको तलबमा सकिएको तथ्यांक छ । यस्तै, शारदा नगरपालिकाले १ करोड ५० लाख र बागचौर नगरपालिकाले पनि डेढ करोड जति रकम जनप्रतिनिधिको तलबमा सिध्याएको छ । 

यस्तै, कपुरकोटले ४२ लाख ६१ हजार, त्रिवेणीले ४० लाख ६७ हजार र कालिमाटी गाउँपालिकाले झण्डै ४० लाख रुपैयाँ जनप्रतिनिधिलाई तलब दिएको छ । यस्तै, जनप्रतिनिधिको तलब शीर्षकमा छत्रेश्वरीले ८८ लाख ९९ हजार, सिद्धकुमाखले ३९ लाख, दार्माले ८९ लाख १३ हजार र कुमाख गाउँपालिकाले ६६ लाख ५४ हजार रुपैयाँ वितरण गरेको छ । त्यस्तै, गत आवमा जिल्ला समन्वय समितिका पदाधिकारीहरूको तलबमा झण्डै २३ लाख सकिएको छ । कर्णाली प्रदेशले जिल्ला समन्वय समितिका प्रमुखको तलब ४० हजार, उपप्रमुखको ३५ हजार र सदस्यहरुको १५ हजार निर्धारण गरेको छ । त्यस्तै, नगरपालिकाका प्रमुखको तलब ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २० हजार, कार्यपालिका सदस्यको ९ हजार र सभाका सदस्यको ७ हजार तलब निर्धारण गरेको छ । गाउँपालिका अध्यक्षको ३१ हजार, उपाध्यक्षको २६ हजार, वडाध्यक्षको १८ हजार, कार्यपालिका सदस्यहरूको ८ हजार र सभाका सदस्यहरूको ६ हजार रुपैयाँ तलब तोकेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)