ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश आयुर्वेद औषधालय स्तरोन्नति गरिँदै 

Nov 1, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक


सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर कालागाउँस्थित प्रदेश आयुर्वेद औषधालयलाई १५ शैय्याको चिकित्सालय बनाइने भएको छ । कर्णाली प्रदेश सरकारले जनताको बढ्दो मागलाई सम्बोधन औषधालयलाई विशेषज्ञ चिकित्सालय बनाउन लागेको हो । 

यसका लागि प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाइसकेको बताएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकले कर्णालीको आफ्नै मौलिक चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद चिकित्सा सेवालाई विशेषज्ञ सेवासहित सबै स्थानीय निकायसम्म पुर्‍याउन आवश्यक रहेको औंल्याए । ‘प्रदेश सरकार कर्णालीमा उपलब्ध जडीबुटीको संकलन, भण्डारण तथा प्रशोधन गर्न आवश्यक बजेट तथा स्थलको छनोट तयारीमा छौं,’ उनले भने ।

यस्तै, जुम्ला तथा रुकुमको चौरजहारीमासम्भाव्यता अध्ययन गरी जडीबुटी प्रशोधन तथा औषधि उत्पादन कार्य शुरु गरिने योजना प्रदेश सरकारले बनाएको उनले जानकारी दिए । कर्णालीमा उपलब्ध बहुमूल्य जडीबुटी संकलनसँगै आयुर्वेद औषधि तथा चिकित्सा पद्धतिका बारेमा व्यापक छलफलका लागि प्रदेश सरकार सुर्खेतमा छिट्टै राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागेको उनले बताए । 

सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भने, ‘सिरानीमा सुन राखेर नून खोज्ने प्रवृत्ति अब छिट्टै हटाउन पर्छ । विशेषज्ञ चिकित्सालयसहित प्रदेश आयुर्वेद औषधालयलाई जडीबुटी संकलन, भण्डारणसँगै देशकै नमूना आरोग्य केन्द्रको रूपमा विकास गर्नुपर्छ ।’ निजी क्षेत्र औषधालयको विकासका लागि हरेक स्तरबाट सहयोग गर्न आतुर रहेको बताउँदै उनले संघको पहलमा शुरू गरिएको जडीबुटी संकलन केन्द्रलाई पूर्णता दिन प्रदेश सरकारको ध्यानकर्षण गराए ।
 
प्रदेश आयुर्वेद औषधालयका अध्यक्ष विनोद ढकालले पहिलेको तुलनामा प्रदेश आयुर्वेद औषधालयको सेवा सुविधा विस्तार गरिएको भए पनि अझै अपर्याप्त रहेको बताए । औषधालयबाट विशेषगरी जन्डिस, अम्लपित्त, पक्षाघात, पाइल्स, फिस्टुला र फिसरका बिरामीले बढी सेवा लिने गरेका छन् । 

पञ्चकर्म, क्षारसूत्र, अक्युपञ्चरलगायत सेवा लोकप्रिय रहे पनि विशेषज्ञस्तरका विविध सेवामा दरबन्दी थप नहुनु, सरकारको उच्च प्राथमितामा आयुर्वेद चिकित्सा नपर्नु, अध्ययन अनुसन्धानमा बजेट कम हुनु लगायत कारणले उक्त चिकित्सालयको खासै प्रवद्र्धन हुन नसकेको अध्यक्ष ढकालको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

विनोद ढकाल

[Nov 1, 2019 03:49pm]

नेपालमै एक मात्र औषधालय व्यवस्थापन समिति गठन गर्ने हिलो प्रदेश, कर्णाली प्रदेश र प्रदेश सरकारले आयुर्वेद स्तरोन्नतीकालागि उल्लेख्य चाशो र लगानी गरेकोछ । समिति गठन पूर्व सुसुप्त अवस्थामा रहेको आयुर्वेद औषधालयले हाल अप्रत्यासित सेवा, सुविधा विस्तारका साथै प्रदेश सरकारबाट पनि उल्लेख्य प्रोत्साहन र लगानी भएको छ साथै दीर्घकालीन योजना अन्तरगत फार्मेशी उद्योग लगायत ५० शैयाको अस्पताल लगायत विविध विकासकालागि ४४ करोड स्टिमेट रहेको DPR पनि तयार भै सकेकोछ । स्काई न्यूजलाई यो जानकारी नभए जस्तो लाग्यो ।



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)