ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सडकमा सुन खोज्नेहरू ...  

Nov 3, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानको रत्नरोडमा हरेक सोमवार ब्रस लगाएर सडकको धूलो बढारिरहेका थुप्रै मानिस देख्न सकिन्छ । उनीहरू नगरका सरसफाइ कर्मचारी हुन् भन्ने तपाईंहरुलाई लाग्ला, तर, वास्तवमा यो सुन पसल अगाडि सडकको धूलो बढारेर सुन खोज्नेहरूको जमात हो । सडकमा सुन खोज्नु उनीहरूको जीविकोपार्जनको एउटा गतिलो माध्यम हो । 
भारतको पश्चिम बंगालबाट प्रत्येक सोमवार धरानको सुनपसल भएका बजारहरूमा बिहानै सुन खोज्न आउनेहरू थुप्रै भेटिन्छन् । हरेक हप्ताको सोमवार बजार बन्द हुने भएकोले धरानको रत्नरोडमा सुन खोज्नेहरूको भीड हुन्छ । सुन पसलहरूबाट फालिएका धुलोमा उनीहरूले सुनको खोजी गर्छन् ।

पसलमा सुनका गरगहनाहरू बनाउँदा उछिट्टिएका सुन, चाँदी, तामाका टुक्राहरू धूलोमा भेटिन्छन् । पसल बढारेर बाहिर फ्ँयाक्दा त्यसमा पनि सुनचाँदीहरू भेटिने भएकाले बाटो बढार्दै सुनचाँदी खोज्ने गरेको लक्षुराम मेताम बताउँछन् । करीब १० जनाको टोलीले प्रत्येक सोमवार सुन पसलको लाइन बढार्ने गरेको उनको भनाइ छ । 

सुन पसलको अगाडि बढारेर जम्मा पारिएको धूलो र फोहोरमैलालाई काठको आरीमा पानीले पखाल्दा सुनचाँदी फेला पर्ने गरेको छ ।

कत्ति मानिस यसरी सडकको धूलो बढारेर जम्मा गरेको देखेर अचम्म मानेर हेर्ने गरेको उनीहरूको अनुभव छ । तर उनीहरूले दिनमा एक जना बराबर पाँच आनीसम्म सुन र चाँदी फेला पार्ने गरेको राजु बहिरेको भनाइ छ । उनले भने, ‘यस्तो काम जीविकोपार्जनका लागि राम्रो माध्यम बनेको छ ।’ 

मासिक रूपमा सबैको गरेर १ तोलासम्म सुन वा चाँदीका टुक्राहरू भेटिने गरेको उनीहरू बताउँछन् । सडकमा बढारेर जम्मा पारेको धूलोलाई पानीले पखाल्दै सुनचाँदीका टुक्राहरू एकत्रित गर्छन् । कारखानामा लगेर प्रशोधन गरी सुनचाँदी विक्री गरेर बजारमा विक्री गर्ने गरेका छन् । 

धरानको रत्नरोडमा सडकको धूलो बढारेर सुन खोज्नेहरू सबैजसो भारतीय नै छन् । उनीहरूले धरानमा मात्रै होइन, पूर्वका विभिन्न शहरहरू विराटनगर, इटहरी, दुहवी र लाहान लगायतका स्थानहरूसम्म पुगेर सुन खोज्ने गर्दछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)