ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जंगली जनावरले अन्नबाली नष्ट

Nov 5, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । जंगली जनावरले खेतीपाती सखाप पार्न थालेपछि सल्यानको खानीगाउँका बासिन्दा हैरान भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनवाङस्थित खानीगाउँका घरपरिवार जंगली जनावरको उपद्रोले पीडित भएका हुन् । 

जंगली जनावर बँदेल, दुम्सी, बाँदरले हरेक वर्ष मकै, गहुँ लगायतका बालीनालिमा क्षति पुर्‍याउने गरेको खानीगाउँका किसान तुलाराम डाँगीले बताए । उनले जंगली जनावरविरुद्ध वडा कार्यालय र गाउँपालिकामा उजुरी दिँदै क्षतिपूर्तिको समेत माग गरेका छन् । ‘२९ रोपनी खेतीयोग्य जमीनमध्ये १५ रोपनी बारीमा मकै खेती गरेको थिएँ,’ उनले भने, ‘६ रोपनीभन्दा बढी जमीनमा रोपेको मकै सबै बँदेल, दुम्सी, बाँदरले नष्ट गरिदिए ।’ 

अर्का कृषक हुर्मत खड्काको पनि ५ रोपनीभन्दा बढी क्षेत्रमा लगाएको मकै जंगली जनावरले नष्ट गरेका छन् । रातको समयमा एक साथ ८–१० ओटाको समूहमा बँदेल मकै बारीमा पस्ने गरेको किसानहरूले बताउने गरेका छन् । बाँदरले दिउँसोको समयमा मात्रै क्षति गर्ने भएकाले धपाउन सजिलो हुने गरे पनि बँदेल, दुम्सीलगायतका जनावरबाट बालीनाली बचाउनै मुस्किल भएको किसानहरूको दुखेसो छ । 

गत वर्ष बँदेलले क्षति गर्दा ३ मुरीभन्दा बढी गहुँ पनि नष्ट भएको बताउँदै उनले यसपटक ६ मुरीभन्दा बढी मकै नष्ट भएको अनुमान गरे । स्थानीय काउले खोला सामुदायिक वनबाट जंगली जनावर आएर बाली नाली नष्ट गर्ने गरेको किसानको भनाइ छ । 

यसैबी, क्षतिपूर्तिका लागि निवेदन परेपछि गाउँपालिकाले सम्बन्धित कार्यालयलाई आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको छ । क्षतिको विवरण संकलन गर्न र आवश्यक प्रक्रिया अगाडि बढाउन सबडिभिजन वन कार्यालय कपुरकोट र कृषि विकास शाखालाई पत्राचार गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले बाए । गत वर्ष पनि गाउँपालिका तथा वन कार्यालयको पहलमा जंगली जनावरको क्षति व्यहोरेका किसानले राहत प्राप्त गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)