ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गलत डिजाइनमा पुल बन्दा बस्ती जोखिममा

Nov 7, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानको वडा नम्बर १५ को खोरिया बस्ती र ५ नम्बर वडाको देउराली जोड्न निर्माण गरिएको सेउती पुलको गलत डिजाइन हुँदा बस्ती नै जोखिममा परेको छ । गलत डिजाइनले आवश्यकताभन्दा अग्लो पुल निर्माण हुँदा वर्षायाममा पानी पसेर बस्ती डुबानमा पर्ने जोखिम बढेको हो । 

पुल निर्माण गर्दा ‘हाई फ्लड लेभल’ लाई आधार मानेर कति उचाइको बनाउने मापन हुन्छ । तर, सेउती खोलामा बनाइएको पुलको डिजाइन न त हाई फ्लड लेभललाई आधार मानिएको छ, न त सडकलाई नै आधार बनाइएको छ । हाई फ्लड लेभलभन्दा २ देखि ३ मिटर उचाइमा पुल बनाउने मापदण्ड रहेको छ, तर सेउती पुल करीब खोलाको सतहबाट ११ मिटर र सडकबाट करीब ५ मिटर उचाइमा निर्माण भएको छ । यसले गर्दा वर्षामा गाउँ डुबानमा पर्ने जोखिम रहेको स्थानीयको गुनासो छ । 

पुलको उचाइ र पुलसम्म पुग्नका लागि बनाइने स्ल्याबले बस्तीको तल्लो क्षेत्र जोड्ने सडक नै बन्द हुने खोरियाबस्ती टोल विकास समितिका अध्यक्ष पूर्ण तामाङ बताउँछन् । उनले भने, ‘पुलसम्म पुग्न तल्लो क्षेत्रमा जाने बाटोभन्दा परबाट स्ल्याब उठाउनु पर्छ, जसले गर्दा बाटो बन्द हुन्छ । वर्षामा पुल पुग्ने स्ल्याबबाट पानी बगेर बस्तीभित्रै छिर्छ ।’
विगत ४ वर्षअघि सेउती खोलामा पुलका लागि सर्वे भएको थियो । सर्वे भएको ३ वर्षपछि भौतिक योजना मन्त्रालयमार्फत पुलको ठेक्का लाग्यो । सरकारको पूर्वाधार विकास कार्यालय विराटनगरअन्तर्गत ३ करोड ५० लाख रुपैयाँको लागतमा पुल निर्माण भएको हो । निर्माण कम्पनी कार्कीबन्धु प्रालिले आउँदो चैत महीनासम्ममा पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको हो । केन्द्रबाट नै यस्तै डिजाइन भएकाले सोहीअनुसार पुल निर्माण गर्न बाध्य भएको पूर्वाधार विकास कार्यालयका इन्जिनीयर मित्रमणि निरौलाले बताए । पहिला जिल्ला विकास समितिले पुलको निर्माण गरिरहेको र पछि कार्यालयलाई जिम्मेवारी दिइएको उनको भनाइ छ । 

‘पुल आवश्यकताभन्दा बढी अग्लो छ, घटाउने उपाय छैन । अब सुरक्षित तरीकाले पुलसम्म पुग्ने बाटोमा दुवैतर्फ रेलिङ लगाएर सम्पन्न गर्नुपर्छ,’ उनले भने । उनका अनुसार पुलको १ सय मिटर परदेखि स्ल्याब उठाउनु पर्ने हुन्छ । पुलको ३ मिटरदेखि एप्रोच स्ल्याब बनाएर पुलसम्म पुग्न सहज बनाउनुपर्ने उनले बताए । सय मिटर परबाट स्ल्याब उठाउँदा पुलकै छेउबाट गएको बस्तीको तल्लोपट्टि जाने सडक नै अवरुद्ध हुने स्थानीय बताउँछन् । पुल जोड्ने सडकले बस्ती जोड्ने सडकहरूलाई नै अवरोध गर्ने स्थानीयकोभनाइ छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)