ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘गुराँस गौरव मार्ग’को शिलान्यास

Nov 11, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar उदय बीसी

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा ‘गुराँस गौरव मार्ग’को शिलान्यास गरिएको छ । प्रतिनिधिसभामा नेकपाको समानुपातिक सांसद पार्वती विसुन्के र गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले धरमपोखरा–गर्चा हुँदै घोडाबास जोड्ने गुराँस ‘गौरव मार्ग’को बिहीवार शिलान्यास गरेका हुन् । 

प्रारम्भमा केन्द्र सरकारको रू. १ करोडमा करीब ३ किलोमिटर सडक स्तरोन्नति गरिने बताइएको छ । कर्णाली प्रदेश सरकारको मापदण्डअनुसार यो सडक नालीसहित १० मिटर चौडा गराइनेछ । साँसद विसुन्केले गुराँस गाउँपालिकाका कृषकले उत्पादन गरेको तरकारी बजारमा सहज रूपमा पुर्‍याउन गुराँस उक्त मार्गले सहयोग पुग्ने बताइन् । ‘व्यावसायिक कृषिमा जोड दिएको यो गाउँपालिका अरू स्थानीय तहका लागि समेत प्रेरणाको स्रोत बनेको छ,’ उनले भनिन् । 

कर्णाली प्रदेश सरकारले अग्र्यानिक प्रदेश बनाउन लिएको रणनीति र केन्द्र सरकारीको विकास रणनीतिलाई सघाउने कार्यक्रमहरू ल्याउन उनले स्थानीय सरकारलाई आग्रह गरिन् । 

गौरव मार्गका लागि ८३ करोड रुपैयाँ लाग्ने अध्यक्ष ओलीले जानकारी दिए । न्यू दीपक निर्माण सेवा निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको सडक डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)