ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काम छाडेर ठेकेदार बेपत्ता

Nov 13, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

मोरङ । मोरङको सुनवर्सी नगरपालिका–१ मा पर्ने मडिया वक्राहा खोलामा पुल निर्माणको ठेक्का पाएको कम्पनी काम छाडेर बेपत्ता भएको छ । निर्माणको निर्धारित अवधि पूरा भएको डेढ वर्ष भइसक्दा समेत पुलको दुईतर्फ पिलर बनाउने काम मात्र सकिएको छ । ठेक्का लागे अनुसार २०७५ असार महीनामै पुल बनिसक्नुपर्ने भए पनि ठेकेदार कम्पनी काम अधुरै छाडेर सम्पर्कविहीन भएको सुनवर्सी–१ का अध्यक्ष टेकबहादुर भट्टराईको भनाइ छ ।

३ करोड रुपैयाँमा ठेक्का पारेको पप्पु कन्स्ट्रक्शनले नीलगिरि कन्स्ट्रक्शनलाई निर्माणको जिम्मा दिएको वडाध्यक्ष भट्टराईले बताए । पुलको ठेक्का लागेपछि काम अघि बढ्ने आश गरे पनि अहिले फेरि निराश हुनुपरेको स्थानीय भोला पौडेलले गुनासो गरे । ‘विकास निमार्णको बेथिति सधैं उस्तै छ,’ उनले भने । 

निकै लामो समयदेखि पुल अलपत्र परेको विषयमा पछिल्लो पटक ठेकेदार कम्पनीसँग सम्पर्क गर्दा छठपछि काम अघि बढाउने बताए पनि समस्या ज्यूँका त्यूँ रहेको वडाध्यक्ष भट्टराईले बताए । ‘ठेकेदारले रकम निकासा र प्राविधिक विषयका कारण काम रोकिएको भन्दै छिट्टै अघि बढाइने बताएको थियो,’ उनले भने, ‘तर २ हप्ता बितिसक्दा समेत काम शुरू गर्ने अत्तोपत्तो छैन ।’ 

मडिया वक्रा खोला वर्षायाममा तर्न नसक्ने गरी उर्लन्छ । खोला तर्न बनाइएको भाटाको पुल वर्षेनि बगाउने गरेको छ । सुक्खा याममा खोलामा ह्युमपाइप राखेर काम चलाउने गरे पनि बर्खायाममा समस्या हुने गरेको छ । ढिलै भए पनि पुल बनेपछि सहज होला भन्ने अपेक्षा गरेका स्थानीयवासी कष्टकर रूपमा दिनचर्या बिताउन बाध्य छन् । देशका अन्य भागमा समेत समयमै काम नगरेको तथा काम गुणस्तरीय नभएको कारण कालोसूचीमा परेको पप्पु कन्स्ट्रक्शनले मोरङमा पनि बदमासी गरेको स्थानीयको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)