ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वादी समुदायको सामुहिक मादल उद्योग, प्रतिव्यक्ति मासिक २० हजार आम्दानी    

Nov 13, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल

कात्तिक २७, रुकुम । वालीघरे प्रथा छाडेर यहाँका वादी समुदायका युवाहरुले सामुहिक रुपमा मादल उद्योग सञ्चालन गरेका छन् ।वालीघरे प्रथाबाट जीविकोपार्जनमा समस्या भएपछि वादीहरु मिलेर त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजारमा आधुनिक मादल उद्योग सञ्चालन गरिएको छ ।

त्रिबेणी वादी मादल उद्योगमार्फत आधुनिक प्रविधिबाटट मादल उत्पादन गर्न शुरु गरिएपछि वादी परिवारहरुको आर्थिक  अवस्थमा  समेत सुधार हुँदै गएको छ ।सात जना युवाहरु मिलेर मादल उद्योग संचालनमा ल्याएको संचालक बुद्धिमान वादीले बताए । उनले उद्योगबाट दैनिक पाँच ओटासम्म मादल  बन्ने गरेको बताए । 

व्यक्तिगत रुपमा मादल उत्पादन गर्दा वादीहरुले ज्याला बापत अन्न लिने गरेका थिए । अहिले व्यावसायिक रुपमा मादल उद्योग संचालन गर्दा नगद कारोबार भएकाले फाईदा  भएको अर्का संचालक गोपाल बादीले बताए । 

यहाँ बनेका मादल दाङ, नेपालगञ्ज तथा काठमाडौंसम्म पुग्ने गरेको छ । स्थानीय बजारमा पनि मादलको माग बढ्दै गएको उनको भनाइ छ । बिभिन्न स्थानहरुबाट छाला र काठ खरीद गरी मादल बनाउने गरिएको छ । 

‘बजारको समस्या नभएकाले उद्योग फस्टाउन थालेको छ,’ उनले भने, ‘जिल्लाका बिभिन्न स्थानका साथै जिल्ला बाहिरबाट पनि माग बढेको छ ।’ उक्त  उद्योगलाई रुपान्तरण नेपाल र रुकुमेली समाज विकास केन्द्रले आर्थिक सहयोग गरेका छन् । उनीहरुले उद्योगकै रुपमा दर्ता गरी मादल उद्योग संचालन गरेको बताए ।  

‘पहिले पहिले बालीप्रथामा काम गर्दा जीविकोपार्जनमा समस्या हुने गरेको थियो,’ गोपाल बादीले भने, ‘अहिले प्रतिव्यक्ति मासिक रू.२० हजारसम्म  आम्दानी हुने गरेको छ ।’ 
उद्योगमा सातैजनाले दिनभर मादल बनाउने गर्छन् ।  उनले क्रमशः लगानी वृद्धि गर्दै लगिने पनि बताए ।

‘केहि समयपछि सुल्पा र माटाका अन्य भाडाकुडाको उत्पादन थाल्ने योजनामा छौ,’ उनले भने, ‘कमाई राम्रो हुन थालेपछि बचतसमेत शुुरु गरेका छौ ।’ पुर्खाहरुले गर्दै आएको परम्परालाई आधुनिकिकरण गरेकाले फाईदा पनि राम्रो  भएको उनीहरुको भनाइ छ ।

 मादल हाल बजारमा प्रतिगोटा रू.१ हजार ५००मा विक्री हुने  गरेको  छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)