ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशी राजमार्ग स्तरोन्नतिमा ढिलाइ

Nov 17, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । सडक विभागको ढिलाइले कोशी राजमार्गअन्तर्गत धरानमा पर्ने सडक मर्मतसम्भार हुन सकेको छैन । धरान उपमहानगरपालिकाले मर्मत गर्न सक्ने भए पनि बेरुजू देखिने भएपछि सडक विभागलाई नै पर्खनु परेको हो । 

धरान हुँदै जाने कोशी राजमार्गको खाल्डाखुल्डी मर्मत हुन नसक्दा एकातिर सडक दुर्घटनाको जोखिम रहेको छ भने अर्कोतिर दैनिक हजारौं संख्यामा कुद्ने सवारीसाधनले धूलो उठाउँदा स्थानीयको स्वास्थ्यमा असर पुगिरहेको छ । विभागलाई पटकपटक मर्मतका लागि आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् । 

तत्कालीन नगर प्रमुख तारा सुब्बाले वडा नम्बर १ को ड्रेन र सडक मर्मत गर्न निर्देशन दिएका थिए । उपमहानगरको बजेटबाट सडक मर्मत त भयो, तर बेरुजूमा परेर अहिले  अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउनुपर्ने बाध्यता छ । अर्काको क्षेत्राधिकारको काम गर्दा समस्या हुने भएकाले कोशी राजमार्गको सडक मर्मत गर्न धरानले सडक विभाग नै कुर्नुपर्ने बाध्यता रहेको भण्डारीको भनाइ छ । कोशी राजमार्ग अन्तर्गत सेउती खोलादेखि धरान–१३ को बेस क्याम्पसम्मको क्षेत्रका सडकको मर्मत गर्नुपर्ने देखिन्छ । 

स्थानीयको गुनासो बढ्न थालेपछि प्रदेश–१ का सभामुख प्रदीपकुमार भण्डारीको पहलमा हालै मात्र सडक मर्मतका लागि बजेट विनियोजन भएको छ । प्रदेश सरकारले रू. २ करोड ९० लाख बजेट विनियोजन गरिएको उनले बताए । सडक मर्मतका लागि ठेक्का पनि लागिसकेको उनको भनाइ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)