ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटन प्रवर्द्धनका लागि ‘यात्रा पूर्वको’

Nov 25, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

विराटनगर । प्रदेश १ मा अवस्थित मुख्य पर्यटकीय गन्तव्यस्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न शनिवारदेखि ‘यात्रा पूर्वको’ अभियान शुरू गरिएको छ । अभियानमार्फत प्रदेश १ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘इम्याजिन नेपाल’को सहकार्यमा विभिन्न क्षेत्रका व्यक्तिलाई यात्रामा सहभागी गराउने भएको छ । 

प्रदेशका पर्यटकीय क्षेत्रको प्रचार गर्न १ हप्ताको यात्रा शुरू गरिएको मन्त्री जगदीशप्रसाद कुशियतले बताए । अभियानअन्तर्गत उनीहरू प्रदेश १ का प्रमुख पर्यटकीय गन्तव्यस्थल घुम्नेछन् । मन्त्री कुशियतले भ्रमण वर्षलाई लक्षित गरी आफ्नो ठाउँको विशेषता विश्वस्तरमा फैलाउने प्रयासस्वरूप अभियान थालिएको बताए । 

‘यात्रा पूर्वको’मा सहभागी अतिथिहरूलाई आइतवार विराटनगरमा आयोजित कार्यक्रममा स्वागत गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले यात्राका सहभागीलाई अभिनन्दन गरेका थिए । राईले प्रदेश १ मा नेपालको सबैभन्दा होचो स्थान केचनाकवलदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथा रहेको बताउँदै यस प्रदेशमा घुम्नलायक दर्जनौं अन्य स्थल पनि भएको बताए । 

मन्त्री राईले कञ्चनजंघादेखि मकालु र सगरमाथासम्म मुन्धुम ट्रेलको विकास गर्ने सरकारको लक्ष्यअनुसार काम अघि बढेको र धेरै पर्यटकीय स्थलको प्रवद्र्धनमा सरकारले काम गरिरहेको उल्लेख गरे । प्रदेश १ चिया, रुद्राक्ष र गुराँसको राजधानी भएको उनको दाबी छ । 

अभियानमा सहभागी हुन विराटनगर पुगेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले प्रदेश सरकारले आफ्ना ठाउँको प्रचारको लागि ल्याएको सोच नवीनतम भएको बताए । यात्रामा निस्किएकी मिस एशिया युनिभर्स २०१७ पिंकी राजगढियाले आफ्नो जन्म धरानमा भएको र पूर्वी नेपाल अत्यन्तै सुन्दर रहेको बताइन् । 

यस्तै, यात्रामा सहभागी अस्ट्रेलियन नागरिक जेम्सन बेभ्सले नेपाल सुन्दर भएको टिप्पणी गरे । यात्राको सहकार्यमा अमेरिका निवासी पाइलट प्रितम कुसियैतले सहयोग गरेका छन् । ७० जना सहभागी रहेको यात्रा पूर्वको टोलीले शनिवार बेलुका कोशीटप्पु र आइतवार बिहान सुनसरी, चिमडीको बर्जुताल भ्रमण गरेको छ । यात्रामा गायिका अभया सुब्बा, पत्रकार, ब्लगर र अस्ट्रेलियाका पर्यटक समेत सहभागी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)