ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२ वर्षे खानेपानी आयोजना पुरा हुन ४० वर्ष !

बजेट अभावकै कारण काम रोकियो

Nov 27, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक तस्वीर
author avatar दिनेश गजमेर

मंसिर  ११, सुनसरी । प्रदेशको योजना संघमा गएपछि बजेट वृद्धि नहुँदा खानेपानी आयोजनाको काम सुस्त भएपछि ईटहरी उपमहानगरपालिकास्थित तरहरावासी भूमिगत कलको पानी खान बाध्य छन् । 

बजेट अभावकै कारण ५ वर्ष देखि निर्माणाधीन यो खानेपानी आयोजनाको निर्माण कार्य रोकिएको छ । खानेपानी आयोजना सम्पन्न गर्न रू.८ करोड ५० लाख लागत अनुमान छ । तर संघले वर्षेनी रू.२० लाख मात्र बजेट विनियोजन गर्ने गरेको छ ।

संघले विनियोजन गरेको वार्षिक बजेटलाई आधार मान्ने हो भने यो खानेपानी आयोजना सम्पन्न गर्न ४० वर्ष लाग्ने देखिन्छ । ईटहरी खानेपानी डिभिजन कार्यालयका सहायक इञ्जिनीयर प्रमोदकुमार दत्तका अनुसार प्रदेशबाट योजना संघमा गएका कारण समस्या भएको छ ।

उनले भने, ‘वर्षेनी रू.२० लाख मात्र आउँछ, सानो तिनो बजेटले पुग्दैन, अहिले बजेट अभावकै कारण काम रोकिएको छ ।’

बिसं २०७३ सालसम्ममा ३ हजार २४५ घर परिवारलाई स्वच्छ खानेपानी वितरण गर्ने लक्ष्य सहित आयोजना शुरु  गरिएको थियो । खानेपानी आयोजनाको काम पूरा नहुँदा यी परिवार भूमिगत पानी उपयोग गर्न बाध्य छन् । ईटहरी- २० तरहराका पासाङ घिसिङले शुद्ध खानेपानी नहुँदा कल भूमिगतको पानी खान बाध्य भएको बताए । 

उनले भने, ‘दुई वर्ष अगाडि नै खानेपानी घरमा आउँछ भनेका थिए, अहिले सम्म आएन, ईटहरी सुगम भए पनि स्वच्छ खानेपानी नहुँदा दुर्गम गाँउमा बसेजस्तो अनुभव भएको छ ।’ 

तरहरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष केशर प्रधानले भने, ‘पाइपलाईन बिच्छ्याउनका लागि पाईप, फिटिङको सामान नहुँदा खानेपानीको काम अगाडि बढ्न नसकेको हो, हामीले जति सक्दो पानी चाँडै वितरण गर्ने तयारी गरेका थियौं तर सरकारले पुग्ने बजेट नदिँदा समस्या भयो ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)