ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

च्याउको बीउ उत्पादन शुरू

Nov 28, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानमा अत्याधुनिक प्रविधिबाट च्याउको बीउ उत्पादन शुरू भएको छ । जिल्लाको शारदा नगरपालिका–१३, सांगारमुलमा रहेको नवयुग प्रेरणा एग्रिकल्चर प्रालिले कर्णाली प्रदेश सरकारको सहयोगमा च्याउको बीउ उत्पादन थालेको हो । 

कम्पनीका सञ्चालक लालबहादुर बस्यालले प्रदेश सरकारको १० लाख अनुदान र आफ्नो करीब १८ लाख रुपैयाँ लगानी गरिएको जानकारी दिए । सल्यानसहित आसपासका जिल्लाका च्याउ उत्पादक किसानहरूलाई सुपथ मूल्यमा गुणस्तरीय च्याउको बीउ पुर्‍याउने कम्पनीको उद्देश्य छ । २०७१ देखि च्याउखेती गर्दै आएका बस्यालले गत वर्षदेखि च्याउको बीउ उत्पादन गर्न थालेका हुन् ।

‘अहिले कन्ये च्याउको बीउ उत्पादन गर्दै आएको छु, किसानको मागअनुसार अन्य च्याउको बीउ पनि उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘अहिले किसानको मागअनुसार मात्रै बीउ उत्पादन गरिरहेको छु ।’ उनले १ महीनामा २५० ग्रामका २५ हजार च्याउको बीउका प्याकेटहरू उत्पादन गर्न सकिने बताए ।

‘दैनिक रूपमा ८ सय प्याकेट बीउ उत्पादन गर्ने क्षमता छ, तर सोहीअनुरूप माग छैन,’ उनले भने । उनले च्याउको बीउलाई स्टोर गर्न नमिल्ने भएकाले माग अनुसार नै उत्पादन गर्ने गरेको उनको भनाइ छ । यहाँको बजारमा अहिले २ सय रुपैयाँ केजीमा च्याउ विक्री हुन्छ । उत्पादित २५० ग्राम बीउको फुटकर मूल्य प्रतिपोका रू. ५० र थोक मूल्य रू.४० निर्धारण गरिएको सञ्चालक बस्यालले बताए । सानो क्षेत्र र जिल्लामा च्याउ खेती गर्ने किसानको संख्या पनि कम भएकाले सोचेअनुसारको बजार पाउन नसकेको उनको भनाइ छ । 

अहिले जिल्लाभित्रका साथै बाहिरी केही जिल्लाबाट अर्डर आउन शुरू भएको उनले जानकारी दिए । उनले फर्ममा २ जना युवालाई रोजगारीसमेत दिएका छन् । जिल्लामा च्याउको बीउ उत्पादन गर्ने कुनै फर्म नहुँदा च्याउ उत्पादक किसानहरूले काठमाडौं तथा पोखराबाट महँगो मूल्यमा बीउ किनेर व्यावसायिक च्याउखेती गर्दै आएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)