ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जिल्ला ट्राफिक कार्यालय सुनसरी : रू. २ करोड ३० लाखमा भवन बनाइँदै 

Nov 28, 2019  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर


धरान । जिल्ला ट्राफिक कार्यालय सुनसरीको भवन निर्माण गरिने भएको छ । धरान उपमहानगरपालिकाले जग्गा उपलब्ध गराएसँगै प्रदेश सरकारको २ करोड ३० लाख रुपैयाँ लागतमा कार्यालय भवन बनाउन लागिएको हो । ट्राफिक कार्यालय भवन निर्माणका लागि उपमहानगरपालिकाले धरान–१५ स्थित अस्थायी बसपार्क जग्गा उपलब्ध गराएको छ ।

ट्राफिक कार्यालय भवन निर्माणका लागि प्रदेश सरकारले कात्तिक महीनामै बजेट छुट्ट्याउने निर्णय गर्न लागेको थियो । तर उपनिर्वाचनको आचारसंहिता लागू भइसकेकाले निर्वाचन सकिएलगत्तै टेन्डर आह्वान गरिने बताइएको छ । भाडामा सञ्चालन हुँदै आएको ट्राफिक कार्यालय जग्गा अभावले इनरुवामा सार्न लागिएको थियो । ट्राफिक कार्यालयका लागि धरान उपमहानगरपालिकाले धरान–८ स्थित लांघाली सामुदायिक वनक्षेत्रमा जग्गा हेरेको थियो । तर वनको नीतिनियमले नमिल्ने भएपछि जग्गाको अन्योल कायमै थियो ।

धरानको बसपार्कको समस्या समाधानका लागि तीनकुनेस्थित सुन्दर बस्ती परियोजना निर्माण हुने भएपछि रात्रिकालीन अस्थायी बसपार्क खाली हुने भएको हो । त्यसैले सोही क्षेत्रमा ट्राफिक कार्यालयको भवन बन्ने निश्चित भएको छ । हाल भवन निर्माणको पहल अघि बढेको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख भीम दाहालले बताए । उनका अनुसार अन्डरग्राउन्ड पार्किङ सहितको दुईतले भवन निर्माणका लागि प्रदेश सरकारलाई प्रस्ताव गरिएको छ । ‘२ करोड ३० लाख रुपैयाँमा आधुनिक डिजाइनको भवन निर्माण हुँदै छ,’ उनले भने, ‘प्रदेश सरकारलाई यसको नक्सा पेश गरिसकेका छौं ।’ जिल्ला ट्राफिक कार्यालय मासिक २२ हजार रुपैयाँ भाडा तिरेर धरान–८ स्थित भुवनसिंह लिम्बूको घरमा २०६७ सालदेखि बस्दै आएको छ । पछिल्लो समय घरधनी लिम्बूले घर खाली गर्न भनेपछि कार्यालय सञ्चालनमा अन्योल भएको थियो । कार्यालयमा हाल २३ जनाको दरबन्दी रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)