ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ स्थानीय तहले बुझाएनन् खर्च विवरण

Nov 29, 2019  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन


सल्यान । सल्यानका स्थानीय तहहरूले चालू आर्थिक वर्षको पहिलो चौमासिकको खर्च विवरण बुझाउन सकेका छैनन् । जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार ९ स्थानीय तहले खर्च विवरण नबुझाउँदा विकास निर्माण प्रभावित हुने भएको छ । 

स्थानीय तहले पहिलो चौमासिकको खर्च विवरण बुझाएपछि मात्र अर्को चौमासिकको बजेट निकासा लिएर विकास निर्माणको काम गर्नुपर्ने हुन्छ । तर, चौमासिक सकिएको १५ दिन बित्दा पनि जिल्लाका ७ गाउँपालिका र २ नगरपालिकाले खर्च विवरण नबुझाएको कोषले जानकारी दिएको छ । जिल्लाको शारदा नगरपालिकाले मात्र पहिलो चौमासिकको प्रतिवेदन बुझाएको छ । 

पहिलो चौमासिकको प्रतिवेदन बुझाउन नसकेपछि दोस्रोको रकम निकासा गर्न नमिल्ने कार्यालयका सूचना अधिकारी बुद्धिमान बस्नेतले बताए । पहिलो चौमासिकमा कुनकुन योजनाका लागि कति बजेट खर्च भयो ? कति बजेट खर्च हुन बाँकी छ ? कति बजेट खर्च हुने अन्तिम चरणमा छ ? जस्ता कुरा उल्लेख गरिएको विवरणसहितको प्रतिवेदन तयार पारेर दोस्रो चौमासिकका लागि रकम माग गर्नुपर्ने हुन्छ । 

जिल्लाका बन्गाड कुपिण्डे र बागचौर नगरपालिकासँगै कपुरकोट, त्रिवेणी, कालिमाटी, छत्रेश्वरी, सिद्धकुमाख, कुमाख र दार्मा गाउँपालिकाको दोस्रो चौमासिकको बजेट निकासा हुन सकेको छैन । कुमाख गाउँपालिकाले भने गत आर्थिक वर्षको समेत प्रतिवेदन बुझाएको छैन । 

शारदा नगरपालिकाको खर्च १७ प्रतिशत
जिल्लाको शारदा नगरपालिकाले चालू आवको पहिलो चौमासिकमा १७ प्रतिशत बजेट खर्च गरेको छ । सो अवधिमा नगरपालिकाले ८ करोड ३८ लाख रुपैयाँ खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)