ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

च्याउको बिउ उत्पादन शुरू

२०७६ मंसिर, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा पहिलोपटक अत्याधुनिक प्रविधिबाट च्याउको बिउ उत्पादन शुरू भएको छ । जिल्लाको शारदा नगरपालिका–१३ सांगारमूलमा सञ्चालित नवयुग प्रेरणा एग्रिकल्चर प्रालिले च्याउको बिउ उत्पादन शुरू गरेको हो । 

रू. २८ लाखको लगानीमा बिउ उत्पादन थालेको सञ्चालक लालबहादुर बस्यालले बताए । प्रदेश सरकारअन्र्तगत कृषि मन्त्रालयको गत आवको रू. १० लाख अनुदान र आफ्नो करीब १८ लाख रुपैयाँ लगानीबाट च्याउको बिउ उत्पादन थालेको उनले जानकारी दिए । सल्यान र आसपास जिल्लाका च्याउ उत्पादक किसानलाई  गुणस्तरीय च्याउको बिउ पुर्‍याउने उद्देश्यले बिउ उत्पादन थालिएको उनको भनाइ छ । २०७१ देखि च्याउ खेती गर्दै आएका उनले गत वर्षदेखि बिउको पनि उत्पादन थालेका हुन् । उनले भने, ‘अहिले कन्या च्याउको बिउ उत्पादन गरिरहेको छु, किसानको मागअनुसार अन्य च्याउको बिउ पनि उत्पादन गर्नेछु ।’ 

महीनामा २५० ग्रामका २५ हजार प्याकेट च्याउको बिउ उत्पादन गर्न सकिने सञ्चालक बस्याल बताउँछन् । दैनिक ८०० प्याकेट बिउ उत्पादन गर्ने क्षमता भए पनि मागविनाको उत्पादन खेर जाने भएकाले मागअनुसार नै उत्पादन गरिरहेको उनले जानकारी दिए । च्याउको बिउलाई स्टोर गर्न नमिल्ने उनी बताउँछन् । 

बजारमा अहिले प्रतिकेजी २०० रुपैयाँमा च्याउ विक्री हुन्छ । उत्पादित २५० ग्राम बिउको खुद्रा मूल्य प्रतिपोका रू. ५० र थोक मूल्य रू.४० निर्धारण गरिएको छ । सानो क्षेत्र र जिल्लामा च्याउ खेती गर्ने किसान कम भएकाले सोचेअनुसारको बजार पाउन नसकेको उनको गुनासो छ । उनका अनुसार अहिले जिल्लाभित्र र अन्य जिल्लाबाट समेत माग आउन शुरू भएको छ । उनले फर्ममा २ जना युवालाई रोजगारी समेत दिएका छन् । किसानले महँगो मूल्यमा काठमाडौं तथा पोखराबाट गुणस्तरहीन बिउ किनेर व्यवसाय गर्न बाध्य भएका अवस्थामा आफूले बिउ उत्पादन थालेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

A b

[Dec 3, 2019 10:55pm]

Ty



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)