ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कपुरकोटमा रू. १ करोडको कृषि कार्यक्रम सञ्चालन

Mar 4, 2020  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालनका लागि सल्यानको कपुरकोटमा १ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । कृषि विकास कार्यालय, सल्यानका निमित्त प्रमुख महेश आचार्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत यस वर्ष उक्त गाउँपालिकामा १ करोड ६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको बताए । कपुरकोटमा तीनओटा कृषि ब्लक र तीनओटा तरकारी पकेट क्षेत्र घोषणा भई कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए ।

उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाका वडा नं १ र २ का किसानलाई हालै विभिन्न कृषि उपकरण तथा सामग्री वितरण गरिएको छ । परियोजनाको कृषि ब्लकमा आबद्ध किसानको समूहलाई ८५ प्रतिशत अनुदानमा ५३ ओटा सिन्थेटिक ट्यांकी, ६ हजार मिटर पाइप, ५० प्रतिशत अनुदानमा १० ओटा मिनी टिलर, तरकारीको बीउ र कृषि विषादी वितरण गरिएको कृषि ब्लकका अध्यक्ष शेरबहादुर पुनले जानकारी दिए ।

उक्त सामग्री हस्तान्तरण गर्दै गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष एवं कपुरकोट गाउँपालिकाका प्रमुख भीमबहादुर सेनले कम लागतमा बढी उत्पादन गर्न किसानलाई अनुदान कार्यक्रम आवश्यक रहेको बताए । कृषि उत्पादनको लागत घटाउन, युवाशक्तिलाई उत्पादन क्षेत्रमा आकर्षित गर्न र माटोको उत्पादकत्व बढाउन कृषि यन्त्र, उपकरण तथा उन्नत जातको बीउ वितरण गर्नुपर्नेमा उनले जोड दिए । व्यावसायिक तरकारी खेतीबाटै कपुरकोटको समृद्धि सम्भव रहेको उनले बताए ।

कृषि ब्लक कपुरकोट १ र २ मा ४० लाख रुपैयाँ बजेट रहेको कृषि विकास कार्यालय, सल्यानका निमित्त प्रमुख आचार्य जानकारी दिए । उक्त बजेटबाट यस वर्ष १२ ओटा प्लास्टिक पोखरी, १७ ओटा सिंचाइ ट्यांकी, पानी तान्ने मोटर, बेर्ना उत्पादन गर्ने फलामे घर, ४६ ओटा स्प्रे ट्यांकी, एक थान फुट स्प्रे, दुई थान डिजिटल काँटाको व्यवस्थाका साथै जिल्ला बाहिरको एउटा भ्रमण र दुईओटा तालीम जस्ता कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

कृषिवस्तुमा आत्मनिर्भर बनाउन र उत्पादन बढाएर निर्यात उकास्न कृषि ब्लक तथा पकेट क्षेत्र कार्यक्रम जिल्लाभर सञ्चालन भइरहेको आचार्यले जानकारी दिए । ब्लक तथा पकेट क्षेत्रहरूमा प्रविधि तथा प्राविधिक सहयोग, उत्पादन सामग्री वितरण, साना सिँचाइको व्यवस्था, कृषि यन्त्रीकरण लगायत कार्यक्रम सञ्चालनमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)