ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लेखपोखरा बृहत् खानेपानी आयोजनाको काम शुरू

५०० घरपरिवार लाभान्वित हुने

२०७६ चैत, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरामा बृहत् खानेपानी आयोजना शुरू भएको छ । कर्णाली प्रदेश सरकारको रू. ६ करोड बजेटबाट बहुवर्षीय उक्त आयोजनाको काम शुरू गरिएको हो ।

सल्यान प्रदेश सभा (ख)बाट निर्वाचित कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको पहलमा अहिले खानेपानी आयोजनाको काम धमाधम अघि बढाइएको छ । जामुना रूख, हिलेखालीमा रहेको मुहानबाट सोलार लिफ्टिङ प्रविधिमार्फत पानी तानेर वितरण गर्ने योजना छ । 

अहिले मुहान तथा पानी संकलनका लागि महानेटामा ट्यांकी निर्माण भइरहेको लेखपोखरा बृहत् खानेपानी आयोजना निर्माण समितिका अध्यक्ष गोविन्द केसीले जानकारी दिए । उनका अनुसार ट्यांकी निर्माण, सोलार प्रणाली खरीद तथा जडान लगायतका काम ठेकेदारमार्फत भइरहेको छ । 

‘हामीले छिटोभन्दा छिटो काम सक्न ठेकेदारलाई ताकेता गरिरहेका छौं,’ उनले भने, ‘मुहानदेखि करीब ८ किमी टाढाको बस्तीसम्म पानी लैजाने योजना छ ।’ पाइप लाइन विस्तारका लागि भने उपभोक्ताले पनि श्रमदान गर्ने उनले बताए । 

‘एक घर : एक धारा’को अवधारणा अनुसार लेखपोखरा बृहत् खानेपानी आयोजनाको काम सञ्चालन गरिएको वडाध्यक्ष लीलाधर घर्तीले जानकारी दिए । आयोजनाबाट साविकको लेखपोखरा–१, २, ४, ५, ६ र ८ का केही बस्तीमा खोनपानी पुर्‍याइने उनले बताए । 

आयोजनाबाट वडाका ८२० घरधुरीमध्ये ५०० भन्दा बढी घरपरिवार लाभान्वित हुनेछन् । विगतमा लेखपोखरामा निर्माण   गरिएका पुराना खानेपानीका योजना जीर्ण बनेको तथा बस्ती वरपरका खानेपानीका मुहान सुक्दै गएकाले स्थानीय बासिन्दाले सास्ती खेप्दै आएका छन् । बृहत् खानेपानी आयोजना मार्फत घरघरमा खानेपानी धारा जडान हुने भएपछि उनीहरू उत्साहित छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)