ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असिनापानीले तरकारी बालीमा लाखौं क्षति

२०७६ चैत, ५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । पानीसँगै परेको असिनाले सल्यानको कपुरकोट क्षेत्रका सयौं किसानको बालीनालीमा क्षति पुर्‍याएको छ । बेमौसमी तरकारीका लागि प्रख्यात कपुरकोट गाउँपालिकाका सबै वडामा लगाइएको तरकारी, फलफूल र अन्नबालीमा असिनापानीले लाखौंको क्षति पुर्‍याएको अनुमान गरिएको छ ।

गाउँपालिकाभरि नै असिनापानीले क्षति पुर्‍याए पनि सबैभन्दा बढी क्षति वडा नम्बर १, २, ५ र ६ मा भएको स्थानीय किसानले बताएका छन् । आफूले लगाएको करीब २८ हजार काउली र बन्दाका बिरुवामा असिनापानीले क्षति पु¥याएको किसान प्रकाश भण्डारीले बताए । ‘उत्पादन गरेर विक्री गर्दा ५ लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेथियो,’ उनले भने, ‘अहिले बिरुवामा २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ ।’

यस्तै कपुरकोट गाउँपालिका–१ मा गरिएको लसुनखेतीमा पनि क्षति भएको वडासदस्य बमबहादुर कुँवरले बताए । बाँजबोट तथा लापु गाउँका २० घरपरिवारले लगाएको लसुनमा पूर्णरूपले क्षति पुगेको उनको भनाइ छ । ३०० रुपैयाँ प्रतिकिलोमा किनेर रोपेको लसुन शनिवार परेको असिनापानीले सखाप पारेको कृषक ओजबहादुर खड्काले बताए । ‘३ रोपनी जमीनमा लसुन लगाएको थिएँ, असिनाले सबै नष्ट गर्‍यो,’ उनले भने । 

कपुरकोट–३ पाखापानीका किसान भीमबहादुर बुढाले आफ्नो १ लाख ५० हजार रुपैयाँभन्दा बढीको तरकारीमा असिनापानीले क्षति पुर्‍याएको बताए । ‘हाम्रो मुख्य पेशा यही तरकारीखेती थियो,’ उनले भने, ‘६ रोपनीमा लगाएको काउली, टमाटर र केराउ बाली सबै खत्तम भयो ।’ यस्तै कपुरकोट–३ लामीडाँडामा पनि चनाखेतीमा असिनाले क्षति पुर्‍याएको किसानहरूले बताएका छन् ।

असिनापानीले कपुरकोट–५ का किसान पुर्भान पुनको फलफूलखेतीमा पनि क्षति पुगेको छ । दाना लागेका कागती सबै झारेको र अनारखेतीमा पनि क्षति पुगेको उनले बताए । कपुरकोट गाउँपालिका–५ कै सल्लाम, सिन्दुरी लगायत क्षेत्रमा भर्खरै राखिएका तरकारीको ब्याड नष्ट भएको छ । तरकारीखेतीमै निर्भर रहेका कपुरकोट क्षेत्रका किसान असिनापानीले ठूलो क्षति पु¥याएपछि कसरी परिवार पाल्ने भन्ने चिन्तामा रहेको पिरोलेको कपुरकोट–५ का टोपेन्द्र केसीले बताए । कपुरकोटबाट वर्षेनि करीब २५ करोड रुपैयाँ बराबरको तरकारी निकासी हुने गरेको छ । यस क्षेत्रबाट गतवर्षको यस सिजनमा मात्र ८ करोड रुपैयाँभन्दा बढीको बेमौसमी तरकारी निकासी भएको थियो । असिनापानीले क्षति पुर्‍याएपछि यस वर्ष तरकारी उत्पादन घट्ने कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका सचिव तिलक शर्माले बताए । गतवर्ष पनि क्षति बेहोरेका किसानले स्थानीय सरकार तथा राज्यबाट कुनै पनि क्षतिपूर्ति नपाएको गुनासो गरेका छन् । 

यसैबीच, कपुरकोट गाउँपालिकाले भने क्षतिको विवरण संकलन शुरू गरिएको बताएको छ । गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक तथा वडा नं १ का अध्यक्ष बालाराम खड्का नेतृत्वको टोलीले क्षतिको विवरण संकलन गर्नेछ । असिनापानीबाट पीडित किसानलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता गाउँपालिकाले गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)