ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अम्रिसोको कुचोको मूल्यमा वृद्धि, फागुनसम्ममा १८ करोडको कारोबार

२०७६ चैत, ५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

चैत ५, धरान । पुर्वी पहाडी जिल्लाहरुबाट आउने अम्रिसोको कुचो धरानको कृषि उपज बजार स्थलबाट मात्रै अहिलेसम्म रू.१८ करोड बराबरको कारोबार भएको छ । कृषि उपज बजार स्थल धरानले दिएको जानकारी अनुसार गत चालू आव ०७५/ ०७६ मा ४ हजार ३९८ मेट्रिक टन कुचोको कारोबार भएको छ ।

गत आवमा रू. ३० देखि ३५ प्रतिकेजी रहेको अम्रिसोको कुचोको भाउ यसपटक भने प्रतिकेजी रू.७५ ले थोक कारोबार भइरहेको  कृषि उपज बजार स्थलका व्यावस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनका अनुसार ४ वर्ष अघि प्रतिकेजी रू.१४ सम्म कुचोको मूल्य पूगेको थियो । धरानको कृषि उपज बजारमा मूख्य गरी कोशी पहाडी जिल्लाहरु सुनसरीको बिष्णुपादुका, मोरङको उत्तरी क्षेत्र, धनकुटा, तेह्थूम, भोजपुर, संखुवासभा, खोटाङ, उदयपुर, पाँचथरबाट अम्रिसोको कुचो विक्रीका लागि ल्याउने गरिएको छ ।

यस वर्ष माघ महीनामै प्रतिकेजी रू.६५ देखि ८० सम्म भएकोले अम्रिसो कुचोको मूल्य बढेको कुचोको कारोबार गर्दै आएका व्यापारी दिपक शाह बताउँछन् । 

उनले आफूले गत माघ महीनामा प्रतिकेजी रू.८० सम्ममा कुचो खरीद गरेको बताए । यस वर्ष ४ हजार ६०० मेट्रिक टन कुचोको करीब रू.३१ करोड बरावरको कारोबार हुने आकलन गरिएको छ । कृषि उपज बजार स्थल धरान आईपुगेको कुचो नेपालका विभिन्न शहरसँगै ९० प्रतिशत भारत निर्यात हुने  गरेको व्यापारीहरु बताउँछन् ।

रुखो, डाडापाखामा पनि  अम्रिसो रोपेर राम्रो प्रतिफल लिन सकिने भएकै कारण यो वर्ष राम्रो फाइदा लिन सकिने आशा रहेको कृषकहरु बताउँछन् ।अघिल्ला वर्षहरुमा अम्रिसो कुचोको मूल्य ओरालो लागेता पनि यो वर्ष मूल्य बढेपछि कृषकलाई  पनि राम्रो फाईदा भएको व्यापारीहरुले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)