ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना त्रासले सुर्खेतमा रक्त अभाव बढ्दै

२०७६ चैत, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar आकाश तारा बयक


सुर्खेत । कोरोना भाइरसको त्रासले बजारमा रक्त अभाव भइरहेका बेला पतञ्जली योग समिति सुर्खेतले रक्तदान गरेको छ । कोरोना त्रासले सर्वसाधारणको चलहपहलमा कम भएसँगै स्वैच्छिक रक्तदान गर्नेहरूको अभाव भइरहेका बेला पतञ्जलीले शनिवार वीरेन्द्रनगरमा शिविरको आयोजना गरि रक्तदान गरेको छ । 

रक्तदान शिविरबाट ८ प्रिन्ट रगत संकलन भएको प्रदेश अस्पतालमा रहेको ब्लड बैंकका इन्चार्ज दीपेन्द्र केसीले बताए । उनले पछिल्लो समय कोरोना भाइरसको त्रासले रक्तदान गर्नेहरूको संख्यामा कमी आइरहेकाले बैंकमा पर्याप्त रगत नभएको उनको भनाइ छ । ‘बैंकसँगै हाल विभिन्न ग्रूपको करीब २० प्रिन्टजति रगत उपलब्ध छ,’ उनले भने, ‘योभन्दा बढी आवश्यक परेमा तत्काल समस्या नै पर्ने अवस्था छ ।’ उनले पतञ्जलीको सक्रियतामा रगत संकलन कार्यले रक्त अभावमा केही हदसम्म राहत पुग्ने बताए । रक्तदान कार्यक्रममा पतञ्जली योग समिति कर्णाली प्रदेशका महामन्त्री जनकबहादुर शाहीले हिजोको दिनमा रेडक्रसबाट मात्र यस्ता अभियान सञ्चालन भइरहेकोमा अहिले विभिन्न संघसस्थाहरूको सहभागितामा रक्तदान कार्यक्रम आयोजना गरी रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पछिल्लो समय रगतको माग बढी र रक्तदान कम भइरहँदा सृजित रक्त अभाव पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी गराए । त्यस्तै कार्यक्रममा पतन्जली योग समिति सुर्खेतका महिला अध्यक्ष गीता वलीले पतञ्जली योग समितिले आफ्नो कार्यदिशालाई योग, ध्यानमा मात्र केन्द्रित नगरी सामाजिक गतिविधिका विभिन्न अभियानमा सबै संघ सस्थाहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने संस्थागत उद्देश्य बमोजिम यो रक्तदान जीवनदान जस्तो पवित्र कार्यमा जोडिएको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)