ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भन्सारबाट खाद्यान्न भित्रिने क्रम जारी

२०७६ चैत, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । भारत र नेपाल दुवैतर्फ गरिएको लकडाउनको प्रत्यक्ष असर आयात निर्यातमा परेको भए पनि भारतबाट आउने खाद्यान्नमा भने कमी आएको छैन । 

बिहीवार काँकडाभिट्टा भन्सारमा शून्य राजस्व संकलन भए पनि पश्चिमबंंगाल हँुदै आएका २६ ओटा मालवाहक ट्रक यार्डमा रहेको भन्सारका सूचना अधिकृत भरतराज अधिकारीले जानकारी दिए । ती ट्रकमध्ये आठ ओटामा आलु र दुईओटामा प्याज लोड गरिएको छ, जुन भोलि (शुक्रवार) नेपाल भित्रिनेछन् । 

त्यस्तै विराटनगर भन्सारबाट बिहीवार २९ ओटा गाडी पास भएर नेपाल भित्रिएका छन् । यार्डमा भने ४४ ओटा गाडी आइपुगेका थिए । यिनमा ग्यास बुलेट पाँचओटा तथा कोइलाका गाडी र प्रिन्टिङ मसीसमेत रहेको विराटनगर भन्सारका प्रवक्ता गोपी उप्रेतीले जानकारी दिए । बिहीवार विराटनगर भन्सार कार्यालयले १ करोड ८४ लाख राजस्व संकलन गरेको छ । विराटनगर भन्सारले सामान्य अवस्थामा दैनिक १५ करोड राजस्व संकलन गर्दै आएको थियो । बुधवार विराटनगर नाकाबाट चामल, मकै र गहुँ गरी ७० टन नेपाल प्रवेश गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)