ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुरक्षा नभए एम्बुलेन्स चलाउन सकिँदैन : एम्बुलेन्स चालक

२०७६ चैत, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

धरान । बिरामीलाई अस्पताल पुर्‍याउने पहिलो व्यक्ति एम्बुलेन्स चालक नै हुन् । तर कोरोना भाइरसको संक्रमणको खतरा बढ्दै जाँदा पनि उनीहरूको सुरक्षाको व्यवस्था हुन सकेको छैन । असुरक्षित रूपमा एम्बुलेन्स चलाएर बिरामीको ओसार पसार गर्दा आफूहरूलाई कोरोनाको संक्रमण हुन सक्ने एम्बुलेन्स चालकहरूले गुनासो गरेका छन् । 

कोरोनाको त्रास बढ्दै गएपछि विभिन्न स्वास्थ्य केन्द्रहरूले एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन् । कोरोनाको आशंका पाउनेबित्तिकै एम्बुलेन्स चालकहरू एम्बुलेन्स लिएर कि त बिरामीको घरमा पुग्नुपर्छ कि बिरामीलाई क्वारेन्टाइनसम्म पुर्‍याउन खटिनुपर्ने अवस्था छ । तर आफूहरूको स्वास्थ्यमाथि हुने खतराको व्यवस्थापनमा कसैको ध्यान नपुगेको उनीहरूको गुनासो छ । एम्बुलेन्स चालक राजु पोख्रेल भन्छन्, ‘हिजो मैले एउटा बिरामी छाडिदिए, उनी विदेशबाट आएका रहेछन्, ज्वरो आएको थियो, हामी नै असुरक्षित छौं, कसरी जोखिम लिने ।’ एम्बुलेन्स चालकलाई अन्य स्थानमा सुरक्षाको प्रबन्ध भए पनि धरानमा नभएको उनको गुनासो छ । 

एम्बुलेन्स चालकहरूको सुरक्षाका लागि न त राज्यले कुनै व्यवस्थाका लागि आग्रह गरेको छ कुनै स्थानीय निकायले चासो देखाएको छ । उनीहरूलाई बिरामी बोक्न आग्रह गरिएको छ, तर उनीहरूको सुरक्षाको कुनै व्यवस्था छैन ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)