ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको वीपीमा पनि कोरोना संक्रमण परिक्षण शुरु 

२०७६ चैत, १६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

चैत १६, धरान । काठमाडौ बाहिर पहिलो पटक प्रदेश नम्बर १स्थित धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना भाइरस टेस्ट ल्याब संचालनमा आएको छ । जसलेगर्दा कोरोनाको संक्रमणको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको  छ । 

प्रतिष्ठानमा आइतवारदेखि कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने ल्याब प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले अनुगमन गरेपछि सञ्चालनमा आएको हो ।

 कोरोनाको संक्रमणको जोखिम न्युनिकरणका लागि सरकारले प्रदेश नम्बर १ सहित देशका अन्य ५ क्षेत्रमा ल्याब संचालन गर्ने निर्णय  गरे अनुसार प्रदेश नम्बर १ मा पनि आइतवारबाट  सञ्चालनमा आएको हो । 

ल्याबको निरिक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेशका विभिन्न जिल्लामा रहेका सरकारी अस्पतालबाट ल्याइएका स्वाब परिक्षणको रिपोर्ट समयमै प्राप्त गर्न सक्दा कोरोनाको संक्रमणबाट प्रदेशलाई जोगाउन सकिने बताए ।

उनले प्रतिष्ठानमा आईसोलेशन अस्पतालको रुपमा छुट्टै संचालन गर्न आवश्यक रहेकाले तयारी गर्नसमेत आग्रह गरे । 

प्रतिष्ठानमा संचालन भएको ल्याबबाट दैनिक १२ ओटासम्म नमूना  जाँच गर्न सकिने भएको छ । माइक्रोबायोलोजी विभागका नारायण भट्टराईले मेशिनको क्षमता अनुसार एक दिनमा १२ ओटा नमूना मात्रै परिक्षण गर्न सकिने जानकारी दिए ।

उनले भने, ‘दिनमा १२ ओटा  नमूना परिक्षण गर्दा महीनामा करीब ३०० ओटा हुन आउँछ, तर केही व्यवस्थापन गर्न सके महीनामा १ हजार ५०० सम्म परिक्षण गर्न सकिन्छ, त्यसको लागि अन्य क्षेत्रमा पनि स्वाब निकाल्ने लगायत परिक्षणको काम गर्न सक्नुपर्छ ।’

ल्याबको विषयमा जानकारी दिदै प्रतिष्ठानका कार्यकारी उपकुलपति प्राडा गुरु प्रसाद खनालले कोरोनाको संक्रमणको आशंका भएका सबै बिरामीहरुको स्वाब लिन यही आउनु पर्ने भयो भने, थाम्न नसकिने अवस्था आउने भएकाले जिम्मेवार पाएका सबै अस्पतालले स्वाब परिक्षणका लागि मात्रै प्रतिष्ठान पठाउन पर्ने बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)