ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दैनिक ज्यालादारी गर्नेलाई खाद्यान्न वितरण गर्न निर्देशन

२०७६ चैत, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

चैत १७, सुनसरी । कोरोना भाइरसको संक्रमण विरुद्धको लडाईमा सुनसरी जिल्लाका राजनीतिक दलहरु एकै ठाउँ उभिएका छन् । 

लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्यवन गराउन विभिन्न पार्टीका जिल्ला स्तरीय नेताहरु एक मत हुँदै उनीहरुले आपतकालिन अवस्थाको सामना गर्न पनि स्थानीय सरकारमा रहेका आ–आफ्ना नेतृत्वहरुलाई निर्देशन दिएका छन् ।

नेकपाको जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको सर्बदलीय बैठकले कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला सुनसरी प्रशासन कार्यालयको ध्यानकर्षण समेत गराएको छ ।

बैठकले लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्ने वर्गको परिवार भोकै बस्ने अवस्था आउन नदिन खाद्यान्नको उचित व्यवस्था गर्न सुनसरीका १२ ओटै स्थानीय तहलाई निर्देशन दिएको छ । 

देशभर कोरोना भाइरसको संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको अवस्थाप्रति सहमती जनाउँदै  बैठकले गरीब तथा विपन्न समुदायलाई खाद्यान्नको व्यवस्था गर्न अग्रसरता देखाएको हो । 

उनीहरुले यहाँका विभिन्न भागमा दैनिक  ज्यालादारी गरेर जिवन गुजारा गरिरहेका मानिसहरुको न्युनतम आधारभुत आवश्यकता पूरा गर्न स्थानीय तहलाई निर्देशन दिएका हुन् । 

नेपाली काँग्रेसका सुनसरी सभापति तथा प्रदेश एकमा विपक्षी दलका नेता राजिव कोईरालाले दलगत चिन्तनभन्दा माथि उठेर मानवीय आवस्कता पूरा गर्न सर्वदलीय सहमतीका आधारमा गर्न जोड दिइएको बताए ।

उनले बजारमा मौकाको फाइदा उठाउनेहरुले कृत्रिम  अभाव सृजना गरि कालोबजारी गर्ने अवस्था आउन नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको  पनि बताए ।

प्रदेश १ का नेकपा सदस्य पोष्टकुमार नेपालले राजनीतिक दलहरुले देश र विदेशमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई ध्यान दिदैं आपूर्ति व्यवस्थालाई सहज बनाउन तथा दैनिक ज्याला मजदुरी गर्ने समुदायहरु भोकै बस्नु पर्ने अवस्था आउन नदिन स्थानीय तहलाई खाद्यान्नको व्यवस्था गर्न भनिएको बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)