ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका  १० ओटै जिल्लामा आईसोेलेशन तयार 

२०७६ चैत, १७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

 चैत्र १७, वीरेन्द्रनगर । कर्णाली प्रदेशका १० ओटै  जिल्लामा आईसोेलेशन तयार गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सवै जिल्लामा आईसोलेशन तयार गरिएको हो ।

मन्त्रालयले सबै जिल्लामा गरेर ३३९ ओटा आईसोलेशन बेड तयार गरिएको बताएको छ । सबैभन्दा बढी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १२०, प्रदेश अस्पताल सुर्खेतमा ८५,  मुगुमा सात, डोल्पामा आठ,  हुम्लामा १०, जाजरकोटमा छ, रुकुमपश्चिममा १०, सल्यानमा २२, कालिकोटमा १४, दैलेखमा ५७ बेडको आईसोलेशन बेड तयार पारिएको छ । 
यसैगरी १७ बेडको आईसीयू र सात बेडको भेन्टिलेटर पनि तयार पारिएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

प्रदेश सरकार र स्थानीय सरकार मिलेर प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन पूर्वतयारीलाई तीव्र पारेका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म कर्णालीमा २ हजार ५२८ बेडको क्वारेन्टाइन निर्माण गरिसकिएको छ ।

विभिन्न स्थानीय तहले २ हजार २८ क्षमताको क्वारेन्टाइन बनाएका छन् भने प्रदेश सरकारले राजधानी वीरेन्द्रनगरमा ४०० र दैलेख जिल्लामा १०० क्षमताको क्वारेन्टाइन तयार गरेको छ ।

हाल भारत लगायत अन्य मुलुकबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ । विभिन्न कामले विदेशमा रहेका कर्णालीका ८ हजार ६५० जना हालै मात्रै स्वदेश फर्किएका छन् । स्थानीय तहहरुले यसको तथ्याांक संकलन गरिरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)