ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा विराटनगर नाकाबाट २२०० टन खाद्यान्न भित्रियो 

अनलाइन सपिङलाई अनुमति

२०७६ चैत, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

चैत १८, विराटनगर। लकडाउनको एक सातामा विराटनगर भन्सार नाकाबाट २ हजार २५८ मेट्रिक टन खाद्यान्न भित्रिएको छ । 

त्यस्तै सो अवधिमा १४२ टन हरियो तरकारी र १११ टन फलफूल भित्रिएको छ । लकडाउन र नाका बन्दको कारण खाद्यान्न अभाव हुने त्रास स्थानीयमा रहेपनि भन्सारबाट सहज रुपमानै खाद्यान्न लगायतका तरकारी तथा फलफूलको आयात भइरहेको छ । 

सरकारले पहिलो चरणको लकडाउन घोषणा गरेपछि खाद्यान्नको अभाव हुनेभन्दै सर्वसाधरणले आवश्यकताभन्दा बढी सामानको जोहो गरेका थिए । जस्को कारण बजारमा सामग्रीको अभाव सृजना भएको थियो । 

तर लकडाउनको अवधिभर खाद्यान्नको ढुवानी भारतबाट भइरहेकाले बजारमा आपूर्ति व्यवस्था  पहिलेकोभन्दा सहज हुदै गएको छ । तर कालोबजारी गर्नेहरुले भने सामान लुकाएको कारण केही समय कृतिम अभाव श्रृजना भएको थियो । 

विराटनगर महानगर र जिल्ला प्रशासन कार्यालय लगायतका सम्बद्ध कार्यालयहरुको अनुगमनको कारण बजारमा आपूर्ति बिस्तारै सहज भएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय प्रमुख हिमालय बरालले बताए ।

 खाद्यान्न लगायतका बस्तुमा अहिले बजारमा कुनै समस्या छैन । तर लक डाउन लम्बिदै गएमा ग्यासको अभाव श्रृजना हुनसक्छ । उनलेभने‘पसल खुलाउने र कालोबजारी अनुगमन गर्ने काम गरिरहेका छौं ।’ खाद्यान्नको कृतिम अभाव सृजना हुन नदिन आफुहरुले अनलाइन मार्फत पनि उजुरी लिने गरेको उनले बताए । 

उनले सोमवारदेखि अनलाईन सपिङका लागि गुदरी डटकम, भाटभटेनी सुपरमार्केट र आरके मललाई अनुमति दिएको बताए । अब घरमा नै बसेर अनलाईन मार्फत खाद्यान्न, तरकारी तथा फलफूलको अर्डर गर्न सकिने र त्यो निशुल्क डेलिभरि हुनेछ  ।

विराटनगर भन्सार कार्यालयका प्रवक्ता गोपी उप्रेतीका अनुसार सोमबार पनि भन्सार कार्यालयबाट एक ट्रक मकै, एक कन्टेनर हरियो मटर, ४ ट्रक आलु, १÷१ ट्रक प्याज र चामल भित्रिएको छ । 

गत सोमवार विराटनगर भन्सार कार्यालयले रू.१ करोड २८ लाख राजस्व संकलन गरेको छ । लकडाउनको समयमा पनि तेश्रो मुलुक र भारतबाट आउने सामग्रीहरु आइरहेको तर भारतमा पनि लकडाउनको  भएकाले त्यसको असर यो साताबाट पर्न सक्ने उनले बताए ।

केही खाद्यान्न र  हरियो तरकारी भने बिहारबाट नै आउने भएकाले त्यसमा समस्या नरहेको उनले जनाए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)