ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मौका छोपेर मनपरी भाडा असुल्दै एम्बुलेन्स चालक

२०७६ चैत, १८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

चैत १८, धरान । कोरानोका संक्रमण रोक्न सरकारले लागू गरेको लकडाउनको फाइदा उठाउँदै यहाँका एम्बुलेन्स चालकहरुले अत्याधिक भाडा उठाउने गरेको पाइएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा रहेका एम्बुलेन्सका चालकहरुले इन्धन नपाइने भन्दै मनपरी भाडा लिने गरेको पाइएको हो ।

गत शुक्रवार बराहक्षेत्र नगरपालिकास्थित बयरबनका प्रकाश राउतले बिरामी पुर्‍याउन एम्बुलेन्स चालकलाई भाडा दर सोध्दा चालकले  रू.२ हजार ५०० मागेका थिए । एम्बुलेन्स चालकसँग गरेको कुराकानी उनले यतिखेर समाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गरेका छन् । 

सुनसरी –खोटाङ जनहित संघ धरान –१८ द्वारा सञ्चालित उक्त एम्बुलेन्सका चालकले उनलाई बराहक्षेत्रको बयरबनसम्म विरामी पुरयाउन उक्त रकम माग गरेका थिए  ।

भाडा किन महंगोभन्दा चालकले पम्पमा तेल नै पाइदैन, पेट्रोल पम्पको मान्छेलाई खोज्न जानुपर्छ, भनेको बेलामा तेल पाइदैन भन्दै बढी भाडा मागेको उनले गुनासो गरे ।

एम्बुलेन्स चालक दिपक खवासले इन्धनको समस्या देखाउँदै रू.१ हजार १०० लाग्ने प्रचलित भाडादरमा उक्त रकम मागेका हुन् ।बयरबन, धरानदेखि करिब १० किलोमिटरको  दुरीमा रहेको छ । 

कोरोनाको संक्रमण तथा नियन्त्रणका लागि मुलुकभर प्रयास  भइरहेको अवस्थामा  यस क्षेत्रका एम्बुलेन्सका चालकहरुले मोका छोपर  मनलाग्दाी भाडा असुल्ने गरेको पीडितहरुले बताएका छन् ।

एम्बुलेन्स चालकले तेल नपाउने गरेको, पम्प नखुलेको कारण देखाउँदै बिरामीलाई भाडामा ठग्न थालेको भन्दै यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेकोमा बिरामीका आफन्तले गुनासो गरेका छन् । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)