ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका विपन्न परिवार भन्छन् : रोगले भन्दा भोकले मरिन्छ होला

२०७६ चैत, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

चैत १९, सल्यान । सल्यानमा दैनिक ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका विभिन्न परिवार मारमा परेका छन् । भौगोलिक रूपमा समेत बिकट मानिएको बन्गाड कुुपिण्डे नगरपालिकामा ज्याला मजदूरी गरेर दैनिकी चलाउँदै आएका परिवारलाई अहिले रोगले भन्दा पनि भोकले मरिएका कि भन्ने चिन्ता छ ।
सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक काम आर्थिक समस्या भएको उनीहरुको गुनासो छ । सरकारले गरेको लकडाउनको बेला आपूmहरूलाई खानेकुरा कसरी जुटाउने भन्ने चिन्ता भएको उनीहरूले बताएका छन् । यहाँका अधिंकाश नागरिक बिहान बेलुकाको छाक टार्न दिनभरि मजदूरी गर्न बाध्य छन् । तर दैनिक ज्यालादारी काम  र राज्यबाट राहतका कार्यक्रम सञ्चालन नहुँदा जीवनयापन कष्टकर भएको गुनासो उनीहरूले गरेका छन् ।
अहिले साँझ बिहानको छाक टार्न धौ धौ भएको बन्गाड कुपिण्डे नगरपालिका–५ का माघे वादीले बताए । ‘ज्यालादारी काम नभएपछि बिहान बेलुका के खाने भन्ने चिन्ता थपिएको छ,’ उनले भने, ‘बजारहरू पूर्णरूपमा बन्द छ, फाट्टफुट्ट खुलेका पसलरु पनि यतिबेला उधारोमा खाद्यान्न सामा्री दिँदैनन्, हामी के खाएर बाँच्ने’ ?
स्थानीय चिने वादीले अहिलेको अवस्थामा नगरपालिकाले लगायत सरोकारवाला निकायले सहयोग गर्नुपर्ने बताए । ‘हामीलाई सहयोग कसैले गरेका छैनन्,’ उनले भने, ‘घरमा भएको अन्नपात सकियो, कुनै पनि निकायबाट सहयोग नपाउने हो भने हामी भोकभोकै मर्छौं । जिल्लाको यस क्षेत्रमा करिब दुई दर्जनभन्दा बढी वादी परिवारको बस्ती रहेको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)