ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण 

२०७६ चैत, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

चैत १९, वीरेन्द्रनगर । वीरेन्द्रनगरमा बसोवास गर्दै आएका विपन्न परिवारलाई खाद्यन्न सामग्री वितरण गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघको अगुवाइ र विभिन्न व्यक्तिको पहलमा वीरेन्द्रनगर वडा नम्बर ४ र ६ का विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

रातो पुल र शनिहल नजिकै बसोवास गर्ने दैनिक मजदूर परिवारलाई खाद्यान्न वितरण गरिएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।

कँडेलले २५ हजार, संघका कार्यसमिति सदस्य रमेश बरालले २५ हजार ५०० रुपैयाँका साथै काँचो कपडा वस्तुगत समितिका अध्यक्ष हेमकर्ण थापा, संघका कार्यसमिति सदस्य राम गौतम र सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटा लगायतले झण्डै ८० हजारबराबरको खाद्यान्न वितरण गरेका हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)