ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बन्गाड कुपिण्डे नगरपालिकाले छर्‍यो कीटाणुनाशक औषधि

२०७६ चैत, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

चैत २२, सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले बजार क्षेत्रम कीटाणुनाशक औषधि छरेको छ । नगर क्षेत्रमा जीवाणु मार्ने औषधि छरिएको नगरपालिकाले जानकारी दिएको छ ।


औषधि नगरका मुख्य मुख्य बजार क्षेत्रमा दमकलमार्फत कीटनाशक  औषधि छरिएको हो । नगरको मुख्य बजार सल्लीबजार, देवस्थल, शंखपिपल, नाथेखोला, सुनौलीबजार, बालुबासंग्रही, ढोरपिपल, धारापानी बजार लगायत स्थानमा कीटनाशक औषधि क्लोरिनको झोल छर्किएको नगरप्रमुख गोविन्दकुमार पुनले जानकारी दिए ।


बन्गाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग र नगर स्वास्थ शाखाको आयोजनामा कोरोना रोकथाम तथा भाइरस नियन्त्रणका लागि बढी फोहरमैला हुने र मानिसको जमघट, भेला हुने स्थानमा औषधि छरिएको उनको भनाइ छ । नगर स्वास्थ्य शाखा प्रमुख वासुदेव पोख्रेलले नगरका विभिन्न स्थानमा, दमकलको पहुँच पुग्ने ठाउँमा १८ हजार लिटर औषधि छरिएको बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)