ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक सल्यान शाखाद्वारा ५० हजार सहयोग

२०७६ चैत, २३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

चैत २४, सल्यान । कुमारी बैंक सल्यान शाखाले जिल्लाको छत्रेश्वरी गाउँपालिकालाई ५० हजार रुपैयाँ राहतस्वरूप  सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड- १९) को रोकथाम तथा अति विपन्न वर्गका नागरिकलाई राहत दिने उद्देश्यले गाउँपालिकाले स्थापना गरेको कोरोना विपत् राहत कोषलाई बैंक सल्यान शाखाले ५० हजार रुपैयाँ सहयोग दिएको हो ।

 गाउँपालिकाका अध्यक्ष सन्तोष केसीलाई कुमारी बैंक सल्यान शाखाका प्रबन्धक मिथुन बुढाथोकीले सोमवार ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

चेक बुझ्दै गाउँपालिका अध्यक्ष केसीले कोरोना संक्रमणको भयावहको यो स्थितिमा राहतका लागि गाउँपालिकालाई आर्थिक सहयोग गरेको भन्दै कुमारी बैंकलाई धन्यवाद व्यक्त गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)