ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्योगीद्वारा उद्योग संचालन र बचाउका लागि वातावरण बनाउन उद्योग वाणिज्य महासंघलाई आग्रह

२०७६ चैत, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

चैत २४, विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले उद्योग संचालन र बचाउका लागि नेपाल उद्योग बाणिज्य महासंघलाई १३ बुदे सुझाव दिदै कार्यान्वयनका लागि अपिल गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएर सृजना भएको विषम परिवेशमा उद्योगलाई रुग्ण हुन नदिन तथा उद्योग बचाउन सरकारसँग पहल गर्न पनि ती संस्थाले महासंघलाई गत शुक्रवार संयुक्त सुझाव दिएका हुन् । 

सुझाव पत्रमा बैंकहरुको व्याज अधिकतम ५ प्रतिशत मात्र गणना गरिनु पर्ने, बीमा कम्पनीले छ महीनाको प्रिमियम नलिने व्यवस्थाका लागि पहल, विद्युतको डिमाण्ड शुल्कको मिनाहा र विद्युत् प्राधिकरणले मुनाफा रहित बिलिङ गरि महशुलमा २० प्रतिशत छुटको व्यवस्था  गर्नुपर्ने, स्थानीय तहले लिदै आएको कर शतप्रतिशत छुट गर्न, बक्यौता रकम एक पटकका लागि जरिवाना मिनाहाका लागि सरकार समक्ष पहल गर्न पनि उद्योग बाणिज्य महासंघलाइ भनिएको  छ ।

त्यसैगरि ती संस्थाले लामो समय लक डाउनहुँदा बजारमा मालस्तुहरुको आपूर्तिमा आउने असन्तुलनलाई सन्तलन बनाउन भारत लगायत तेश्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थका साथै दैनिक उपभोग्य वस्तु सहज पैठारीको बातावरण बनाउन परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहह गर्न पनि महासंघलाई अपिल समेत गरेका छन् । 

त्यस्तै लकडाउनको कारण भन्सार विन्दु र बन्दरगाहमा फसेका मालवस्तुमा लाग्ने डिटेन्सन र ड्यामरेज शुल्क मिनाहाका लागि कुटनीतिक पहलका गर्न पनि नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग अविलम्ब अनुरोध गर्न सुझाइएको छ । 

    सुझावमा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योगहरु निरन्तर संचालनमा ल्याउन सरकारी निकाय र सरकारबीच तालमेल र समन्वय नभएकाले आगामी दिनमा दैनिक उपभोग्य बस्तुको माग र आपूर्तिमा ठूलो असन्तुलन आउन सक्ने भएकाले संघीय सरकारबाट स्पष्ट नीति तर्जुमा गरि सबै तहमा कार्यान्वयमा ल्याउन अविलम्ब पहल गर्न महासंघले महत्वपूर्ण भूमिका निर्वाहका लागि आग्रह गरिएको छ । 

यसैगरी सुझावमा राजस्व, रोजगारी र बैदेशिक मुद्रा आर्जन गरि देशको आर्थिक विकासमा सहयोग पुयाउदै आएका उद्योगी व्यवसायीहरुको  बर्तमान दयनीय अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रलाई रुग्ण हुनबाट जोगाउन नेपाल सरकार मार्फत प्याकेजमा राहत कार्यक्रम घोषणा गरि अबिलम्ब कार्यान्वयनका लागि पहल थाल्न महासंघलाई आग्रह गरिएको छ । 

सरकारले उद्योगका मजदूरलाई पारिश्रमिक उपलब्ध गराउन गरेको आग्रह अबैज्ञानिक भएको भन्दै उद्योगीले सुझाव मार्फत विश्वव्यापी महामारीबाट उत्पन्न बर्तमान असहज अवस्थामा उद्योग व्यवसाय  कहिले सम्म संचालनमा आउने भन्ने निश्चित नभएको अवस्थामा नीजि क्षेत्रका श्रमिकलाई पूर्ण पारिश्रमिक भुक्तानी गर्नुपर्ने घोषणा अवैज्ञानिक देखिएकाले यसलाई सच्याइ राज्यले समेत त्यस्ता श्रमिकको जिम्मेवारी लिने वातावरण तयार गर्ने वातावरण बनाउन महासँघको ध्यानाकर्षण गराएका छन् । 

उद्योग संगठन मोरङ अध्यक्ष भीम घिमिरे र मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले संयुक्त रुपमा हस्ताक्षर गरेको अपिलमा उद्योग व्यवसाय संचालनका लागि सरकारले तोकेको मापदण्ड भित्र संचालन गर्ने अनुमति भएपनि स्थानीय स्तरमा श्रमिकहरुको आवत जावत, कच्चा पदार्थ तथा उत्पादित वस्तुको ढुवानीमा स्थानीय प्रहरी र प्रशासनको समन्वयको अभावले विभिन्न समस्याहरु सृजना  भइरहेको उल्लेख गर्दै आपसी समन्वयको वातावरण तयार गर्न नेपाल सरकार समक्ष तत्काल पहल थाल्न पनि महासंघलाई भनिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)