ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरेन्द्रनगर नगरपालिकाद्वारा २ करोडको कोष स्थापना

२०७६ चैत, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले रू. २ करोडको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष स्थापना गर्ने निर्णय गरेको छ । कार्यपालिकाको सोमवार बसेको बैठकले नगरपालिकाको वाणिज्य बैंक सुर्खेत शाखामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता नम्बर ४०८०३०५०५०००२ मा रहेको रकम कारोबार गर्ने गरी कोष स्थापना गरिएको हो ।

कोषमा हाल नगरस्तरीय ठूला चार आयोजनाबाट प्रतिआयोजना रू. ५० लाख कटौती गरी रकमान्तर गरिएको छ । नगरक्षेत्र भित्र अत्यावश्यक खाद्य वस्तु बाहेक तरकारी, दूधलगायत कृषिजन्य वस्तु अन्य पालिकाबाट आयातमा रोक लगाइएको नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकालले जानकारी दिइन् । उनले वडा कार्यालयले व्यवस्थापन गर्ने गरी क्रमशः वडाहरू र टोलहरू लकडाउन गर्न सकिने व्यवस्था गरिएको बताइन् । नगरपालिका अन्तर्गत कोरोना संक्रमण विरुद्धको व्यवस्थापनमा खटिने कुनै पदाधिकारीलाई कोरोना संक्रमण भएमा निःशुल्क उपचारको व्यवस्था गर्ने र कुनै कर्मचारीले ज्यान गुमाउनु परेमा आश्रित परिवारलाई १० लाख रुपैयाँ नगरपालिकाले क्षतिपूर्ति दिने बैठकले निर्णय गरेको उनले बताइन् । 

हालसम्म बन्दोबस्त गरिएको राहत खाद्यान्नको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ (वा अधिकृत विक्रेता) र अन्य पसलहरूमा समेत गरी रू.९३ लाख २५ हजार खर्च भइसकेको र त्यो रकम भुक्तानी हुन बाँकी रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । संघीय तथा प्रदेश सरकारका विभिन्न निकायहरूमा प्रत्यक्ष समन्वयमा कार्य गरिएको र दैनिक राहत विवरण, विदेशबाट आएका होम क्वारेन्टाइनमा बसेकाको विवरण लगायत प्रगति विवरण पठाउने गरिएको उनको भनाइ छ । अनौपचारिक क्षेत्रमा काम गर्ने करीब ६ हजार ६०० मजदूर परिवारलाई खाद्यान्न वितरण गर्ने तयारी अनुसार विभिन्न टोलका ३ हजार ९०५ परिवारलाई राहत वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । विदेशबाट हालै आएका १९२ जना व्यक्तिको विवरण तयार गरी मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयमा पठाइएको र विवरण अपडेटको क्रममा रहेको बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)