ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश र नगर राहत कोषमा मितेरी बैंकको सहयोग

२०७६ चैत, २८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

चैत २९, धरान । मितेरी डेभलपमेन्ट बैंकले प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको राहत कोषमा ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले केही दिनअघि प्रदेश राहत कोषका लागि मुख्यमन्त्री शेरधन राईलाई ५ लाख प्रदान गरेको थियो भने धरान उपमहानगरपालिकाको राहत कोषमा २ लाख रुपैयाँ प्रदान गरेको छ ।

धरानमा मुख्य कार्यालय भएको मितेरी बैंकका सञ्चालक समितिका अध्यक्ष किसन मास्के, प्रमुख कार्यकारी अधिकृत (सीईओ) तुलसीप्रसाद वस्ती, सञ्चालक सदस्यहरू सरोज श्रेष्ठ, सुनील श्रेष्ठले नगर प्रमुख तिलक राईलाई संयुक्त रूपमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकका अध्यक्ष मास्केले आवश्यक परेमा थप सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । यसअघि बैंकका सीईओ वस्तीले धरानको राहत कोषमा १ लाख २५ हजार रुपैयाँ सहयोग गरेका थिए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)