ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथ बैंकद्वारा मजदूरलाई खाद्यान्न सहयोग

२०७६ चैत, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

चैत्र ३०, वीरेन्द्रनगर । मुक्तिनाथ विकास बैंक लिमिटेडले वीरेन्द्रनगर नगरपालिका–५ का विपन्न परिवारलाई खाद्यान्न  सहयोग गरेको छ ।  बैंकको वीरेन्द्रनगर शाखाले शनिवार वडा नं ५ मा रहेका १०० विपन्न घरपरिवारलाई खाद्यान्न सामग्री प्रदान गरेको हो ।

बैंकले आप्mनो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख ५० हजार रुपैयाँबराबरको खाद्यान्न सामग्री सहयोग गरेको बैंकका डेस्क प्रमुख रामशंकर सुवेदीले बताए । बैंकले वीरेन्द्रनगर नगरपालिका–५ को सहकार्यमा चामल, दाल, तेल नून लगायत खाद्यान्न सामग्री वडाध्यक्ष राजबहादुर गुरुङलाई हस्तान्तरण गरेको हो । ज्याला मजदूरी गरी छाक टार्ने परिवारलाई बैंकले वितरण गरेको खाद्यान्न सामग्रीबाट थोरै भए पनि विपन्न परिवारलाई राहत पुग्ने सुवेदीले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)