ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका स्थानीय तहमा पौने ६ करोडको कोरोना विपद् कोष

२०७६ चैत, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

चैत ३०, सल्यान । सल्यानका स्थानीय तहमा पौने ६ करोडको कोरोना विपद् कोष स्थापना गरिएको छ । जिल्लाका तीन नगरपालिका र सात गाउँपालिका गरी रू. ५ करोड ८५ लाख  कोरोना विपद् कोष स्थापना गरिएको हो ।

 जिल्लाको बागचौर नगरपालिकाले ३ करोड, शारदा नगरपालिकाले २५ लाख र बन्गाड कुपिण्डे नगरपालिकाले १० लाख रुपैयाँको कोष स्थापना गरेका छन् । यस्तै कुमाख गाउँपालिकाले १ करोड २२ लाख, दार्मा गाउँपालिकाले ८६ लाख, कालीमाटी गाउँपालिकाले १२ लाख, सिद्ध कुमाख गाउँपालिकाले ८ लाख, छत्रेश्वरी गाउँपालिकाले ८ लाख र त्रिवेणी गाउँपालिकाले ४ लाखको कोष स्थापना गरेका हुन् ।

 विपद् कोषको रकम कोरोना रोकथाम र राहतमा खर्च भइरहेको सिद्ध कुमाख गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मीले बताए । ‘गाउँपालिकाले विनियोजन गरेको रकमले कोभिड १९ का विरुद्ध सचेतनामूलक कार्यक्रम र राहत वितरणमा खर्च गरिरहेका छौं,’ उनले भने । कर्णाली प्रदेश सरकारले प्रदान गर्न थालेको १५ लाख रुपैयाँ आएमा अत्यावश्यक कार्यसम्पादनमा सहज हुने उनको भनाइ छ ।

 दार्मा गाउँपालिकाका जनप्रतिनिधिले एक महीना र कर्मचारीले पाँच दिनको सेवासुविधा बराबरको रकम जम्मा गरेका छन् । जनप्रतिनिधि र कर्मचारीको तर्फबाट ६ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले बताए । गाउँपालिकाले मात्र ८६ लाख रुपैयाँ कोरोना विपद् कोषमा जम्मा गरेको उनको भनाइ छ । जिल्लाका सबै स्थानीय तहले आवश्यकता अनुसार थप रकम कोरोना व्यवस्थापन कोषमा जम्मा गरिने बताएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)