ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पश्चिम बंगाल सरकारको आदेशमा मेची नाका सिल, आयात निर्यात ठप्प

२०७७ बैशाख, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

वैशाख ४, विराटनगर । भारतको पश्चिम बंगाल सरकारले कोरोना भाइरसको कारण देखाउदै पानीटंकी नाका र सुकीया पोखरी नाका सील गरेको छ । पानीटंकी नाका सील हुदा दैनिक रू.४ करोड राजस्व संकलन गर्दै आएको मेची भन्सार कार्यालय समेत प्रभावित बनेको छ । 

कुनै पनि सवारीसाधनलाई आवतजावतमा पूर्व रोक लगाउदै भारतीय नाका सील गरेपछि नेपालतर्फ आउने सामानलाई जोगवनी नाका तर्फ रिरुट गरिएको छ । 

भारतको पानीटंकी नाका र नेपालको मेची नाका वारीपारी छन । त्यस्तै भारतको सुकिया पोखरी नाका नेपालतर्फ पशुपतिनगर नाका पर्छ । पश्चिम बंगाल सरकारले नेपाल तर्फ कुनै जानकारी नै नदिइ आफ्नो भन्सार कार्यालयलाई पत्राचार गर्दै कोरोना भाइरस छिर्न सक्ने भन्दै नाका बन्द गर्न आदेश दिएको हो । 

मेची भन्सार कार्यालय काकडभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुबराज विकले पश्चिम बंगाल सरकारले पानीटंकी नाकालाई सील गर्न भनेकाले आफुहरुले कुनै पनि सवारी छिर्न नदिएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बताए । 

पश्चिमबंगाल सरकारको आदेश पालना गराउदै त्यहाँको प्रहरीले नेपाल प्रवेश गर्ने गाडीहरु भए त्यसलाई रिरुट गरेर लाने अनुमति समेत दिन पत्राचार गरेको छ । 

प्रमुख भन्सार अधिकृत विकले नेपालस्थित भारतीय दूतावास र भारतको दिल्लीस्थित नेपाली दूतावासलाई अन्तराष्ट्रिय नाका बन्द गरिएको बारे जानकारी गराएका थिए ।

 दुवै दूतावासले अन्तरराष्ट्रिय नाका भएकाले प्रदेश सरकारले बन्द गर्न नसक्ने बताउँदै तत्काल समस्या समाधानका लागि कूटनीतिक पहल थाल्ने आवश्वासन दिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)