ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश सरकारले ५ अर्ब बजेट रोक्यो 

२०७७ बैशाख, ४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

वैशाख ४, विराटनगर । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि पर्नसक्ने आर्थिक भारलाई ध्यानमा राख्दै प्रदेश नं १ सरकारले विभिन्न १० ओटा शीर्षकमा रहेको रू.५ अर्ब बजेट खर्च गर्न बुधवारदेखि रोक लगाएको छ । 

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भ्रमण, अध्ययन भ्रमण, अनुगमन, सेवा परामर्श, कम्प्यूटर, सवारीसाधन र फर्निचरलगायतका शिर्षकमा छुट्याएको बजेट खर्च गर्न रोक लगाएका हुन् । चालू आवको बजेटमा ती शिर्षकमा करीब रू.५ अर्ब बजेट बिनियोजन गरिएको थियो । 

हालसम्म  केही रकम खर्च भएपनि अब कुनै खर्च गर्न नपाउने गरि बजेटलाई संचित गरिएको छ । 

कोरोना भाइरसको जोखिम नियन्त्रण नभइरहेको बेला सरकारले ती बजेट खर्च गर्न रोक लगाएको हो । प्रदेश सरकारसँग अहिले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि बजेटको समस्या नरहेकोले आत्तिनुपर्ने अवस्था नरहेको मन्त्री आङ्बोले बताए । 

कतिपयले सांसद विकास कोषको रकम कोरोना भाइरसको कोषमा खर्च गर्नुपर्ने भनेर आवाज उठाए पनि त्यो सान्दर्भिक नरहेको उनले बताए । ‘हामीले ९ महीना अघिदेखि नै काम अघि बढाईसकेका छौं, अब केही काममात्रै बा“की छ’ उनले भने, ‘त्यसैले यो सान्दर्भिक छैन ।’
 

भारतमा दुई महीनाअघि मात्रै बजेट आएको र त्यो कार्यान्वयन हुन लागेको अवस्थामा रहेकाले भारतमा जसरी नै नेपालको बजेट परिचालन हुनुपर्छ भन्ने तर्क जायज नभएको मन्त्री आङ्बोको भनाइ छ । 

‘हामीले नौ महीना कटिसकेका छौ, उनीहरु दुई महीनामा छन, त्यसैले भारतसँग तुलना गरेर सरकारलाई अनावश्यक रुपमा गाली गर्न हँुदैन,’ उनले भने ‘हामी हाम्रो धरातलमा रहेर काम गर्नुपर्छ ।’
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)