ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरान नाका बन्द हुँदा बराहक्षेत्रका कृषकको व्यवसाय खस्कियो

२०७७ बैशाख, ७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar दिनेश गजमेर

वैशाख ७, धरान । पछिल्लोसमय उदयपुरको भुल्केमा कोरोना संक्रमित देखिएपछि धरान उपमहानगरपालिकाले उदयपुरको भुल्केमा कोरोना संक्रमित देखिएपछि धरान प्रवेश गर्ने नाकाहरु पुर्णरुपमा बन्द गरेपछि बराहक्षेत्रवासीको खरीदविक्री गर्ने हुने बजार पनि बन्द भएको छ । 

बराहक्षेत्रका बासिन्दाका लागि कृषिजन्य बस्तुहरु विक्री गर्ने तथा आवश्यक खाद्यान्नहरु खरीद गर्ने  दिगो बजार हो धरान उपमहानगरपालिकाको बजार । बिशेषगरि बराहक्षेत्रका ३, ४ र ५ नम्बर वडामा उत्पादित पराल, दाल, भुस, कुखुरा, हाँस, अण्डा, दूधजस्ता बस्तुहरु लिएर विक्रीका लागि दैनिक ३०० सम्म व्यापारीहरु धरान बजार आउने गर्छन् ।

यस क्षेत्रबाट दूध लिएर जाने व्यापारी मात्रै ६० जनाभन्दा बढी छन् । एक जना व्यापारीले २५ जनासम्म कृषकको दूध लैजाने गर्दछन् । करीब १ हजार ५०० किसानको ७ हजार लिटर दूध दैनिक धरान जाने गरेको बराहक्षेत्र ४ का दुग्ध ब्यापारी गणेश बिष्ट बताउँछन् । 

उनले भने, ‘अहिलेको लकडाउनले कारोबार नै लथालिङ्ग बनाइदिएको छ, अहिले दूध लिएर धरान जानेको संख्या बढिमा १० जना मात्रै रहेका छन्  ।’उनका अनुसार लकडाउन शुरु भएपछि गाईबस्तुलाई खुवाउने चोकर, ब्रान्ड, दानासमेत पाइन छोडेको छ । पाए पनि भाउ बढेको हुँदा किनिसक्नु छैन ।

पहिले ८० लिटर दूध लिएर धरान ल्याउने बराहक्षेत्र– ३ का मनोज बिष्ट अहिले ५० लिटर मात्रै दूध लिएर जान्छन् । उनी भन्छन्, ‘धरान बजार पुरै ठप्प छ, होटेल पसल सबै बन्द भएपछि कहाँ लगेर विक्री गर्नु,अहिले घर– घरमा लगेर बेच्ने हो, पहिले होटेलमा दूध दिएको पैसा उठाउन निकै बाँकी छ, व्यापार सबै चौपट भयो ।’ 

दुग्धन्य वस्तुको बजार पनि खस्किएपछि किसानले गाईभैंसी नै बेच्न थालेका छन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)