ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२६ दिनको अवधिमा विराटनगर नाकाबाट भित्रियो ११ लाख टन खाद्यान्न, तरकारी र फलफूल 

२०७७ बैशाख, १०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो
author avatar वेदराज पौडेल

वैशाख १०, विराटनगर । लकडाउनको २६ दिनको अवधिमा विराटनगर भन्सार नाकाबाट रू.६८ करोड ४० लाख ५९ हजार ९१७  बराबरको ११ लाख २ हजार ५३४ टन खाद्यान्न, तरकारी र फलुफूल भित्रिएको छ । 

नाकाबाट मानिसको आवत जावत पूर्णरुपमा बन्द भएपनि आयात र निर्यातमा भने कुनै अवरोध छैन ।  आम मानिसलाई खाद्यान्नको संकट पर्ने चिन्ता भइरहेको बेला विराटनगर नाकाबाट रू.२ करोड ५० लाख ९७ हजार ६०८ बराबरको ४ लाख ४३ हजार ७१० किलोग्राम चामल भित्रिएको छ । 

त्यसैगरि रू.२२ करोड ५१ लाख ५५ हजार ४९९ बराबरको ६८ लाख ५१ हजार १४२ किलोग्राम भुटेर खाने मकै नेपाल छिरेको छ । त्यस्तै धान रू.३ करोड ५४ लाख ४८ हजार ७२४ बराबरको ८ लाख ६५ हजार ५७ किलोग्राम भित्रिएको छ । 

रू. ९१ लाख ६२ हजार ९७६ बराबरको २ लाख ७७ हजार ३६५ किलोग्राम गहु“ भित्रिएको छ । त्यस्तै खाद्यान्नको रुपमा प्रयोगमा आउने मकै रू.२२ करोड ६५ लाख ३६ हजार बराबरको ६७ लाख ४६ हजार ९३२ किलोग्राम विराटनगर हुँदै भित्रिएको छ । त्यसैगरि यो अवधिमा भन्सारबाट उल्लेख्य रुपमा तरकारी र फलफूलसमेत आएको छ । रू.३ करोड ११ लाख १ हजार ३९६ बराबरको ११ लाख ६० हजार ९८६ किलोग्राम आलु भित्रिएको छ । 

रू.४ करोड २६ लाख १३ हजार ७६८ बराबरको १० लाख ९१ हजार २९ किलोग्राम प्याज र  रू.३१ लाख १६ हजार ६०५ बराबरको १ लाख ७६ हजार ८२२ किलोग्राम हरियो तरकारी भित्रिएको छ । भारत लगायत तेश्रो मुलुकबाट आएको रू.८ करोड २१ लाख ७३ हजार ३४१ बराबरको १० लाख ८८ हजार १६१ किलो फलफूल पनि यहि अवधिमा भित्रिएको छ ।

 विराटनगर भन्सारका प्रमुख शिव भण्डारीका अनुसार अन्य भन्सारमा अवरोध भएपनि विराटनगर भन्सारबाट भने निर्वाध आयात– निर्यात भइरहेको छ । 

यस अवधिमा विराटनगर भन्सारबाट रू.२३ करोड ३८ लाख ३ हजार बराबरका मालबस्तुको निकासी भएको छ । त्यस्तै भारत लगायत तेश्रो मुलुकबाट रू.२ अर्ब २० करोड ६२ लाख ८५ हजार बराबरको मालबस्तु आयात भएको छ । 

यस अवधिमा खजुरको प्रशोधित तेल १० लाख २६ हजार १०२ किलोग्राम निकासी भएको छ । त्यसैगरि भटमासको प्रशोधित तेल ३ लाख ९३ हजार ५५२ किलोग्राम, पीना ७ लाख ९३ हजार ५०० किलोग्राम निकासी भएको छ ।

त्यसै गरि अन्य रेसाको कपाडा १८ लाख ४५ हजार ७४२ मिटर र चाउचाउ,पास्ता ६८ हजार ७७३ किलो निकासी भएको छ । त्यसैगरि सूर्यमुखी फूलको प्रशोधित तेल २० हजार २० किलोग्राम निकासी भएको छ । त्यस्तै सेन्थेटिक कार्पेट ८ हजार ६६६ गाँठ निकासी भएका छ । यी सबै बस्तुको निकासीबाट रू.४ लाख ८ हजार राजस्व संकलन भएको छ । 

त्यसैगरि यो अवधिमा सूर्यमुखि, भटमासको कच्चा तेल २५ लाख किलोग्राम र १७ लाख ४० हजार किलो आयात भएको छ । त्यस्तै ८४० किलोलिटर पेट्रोल, ३७ लाख ९ हजार ५२३ किलोग्राम एलपी ग्यास, ६ लाख ५७ हजार २५० किलोग्राम पोलिथिनको दाना आयात भएको छ ।

त्यस्तै सुपारी १ लाख ८० हजार किलोग्राम, मरिच ८० हजार किलोग्राम, ३९ लाख २५ हजार ९८० किलोग्राम पथ्थर कोइला आयात भएको छ । त्यसैगरि यो अबधिमा १२० ओटा मोटरसाइकलसमेत भित्रिएको छ । जसबाट रू.४२ करोड ७१ लाख ९० हजार राजस्व संकलन भएको छ ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)