ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बृद्धबृद्धालाई सामाजिक सुरक्षा भत्ता घर–घरमै पुर्‍याउँदै महानगर 

२०७७ बैशाख, ११  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

वैशाख ११, विराटनगर । लक डाउनको कारण जेष्ठ नागरिकहरुले पाउने सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएपछि विराटनगर महानगरपालिकाले बैंकसँगको समन्वयमा वडा कार्यालयबाट घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । 

विराटनगरको बरगाछी शाखाबाट वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण शुरु गर्नासाथ कोरोना भाइरसको कारण मुलुकभरि लकडाउन भएपछि वितरण रोक्का भएको थियो । तर लकडाउनका विचपनि जेष्ठ नागरिकहरु दुखका साथ बृद्धभत्ताका लागि बैंक धाउन  थालेपछि बैंक र महानगरको समन्वयमा वडा नम्बर १ देखि ५ सम्म बृद्धा भत्ता वितरण गर्न थालिएको हो । 

विराटनगर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवेन्द्र पोखरेलले २४ जना बृद्धहरुलाई भत्ता वितरण गरिएको बताए । महानगरपालिकाको सामाजिक महाशाखाको समन्वयमा भत्ता लिन बाकी करीब १ हजार ५०० जेष्ठ नागरिकलाई भत्ता वितरण थालिएको हो । 

महानगरको सामाजिक महाशाखाका प्रमुख सरोज गौतमका अनुसार विरतण हुँदै गरेको भत्ता रोकिएपछि फेरि कसरी वितरण गर्ने भन्ने चुनौती रहेको थियो तर बैंकसँग समन्वय भएपछि आफुहरुले वडाबाटै वितरण थालेको बताए । 

नगर प्रमुख भीम पराजुलीले भत्ता रोकिएपछि धेरैको फोन आएको र वितरण कहिले हुन्छ भन्ने जिज्ञासा हुने गरेकाले आवश्यक सबै कागजात वडाले तयार गर्ने र बैंकमा लगेर पेश गरेपछि बैंकले भुक्तानी गरिदिने र सामाजिक दुरी कायम गरेर उक्त रकम लगेर घर– घरमै वितरण गर्ने गरि अहिले १ देखि ५ नम्बर वडामा वितरण गर्न थालिएको जानकारी दिए । 

राष्ट्रिय वाणिज्य बैंक बरगाछी शाखाका प्रवन्धक शंकर रेग्मीले ५ हजार जेष्ट नागरिकको सामाजिक सुरक्षा भत्ता  आफ्नो शाखाबाट वितरण हुँदै आएको जानकारी दिए । लकडाउन शुरु भएपछि बैंकमा अत्याधिक भिड भएको भन्दै बाध्य भएर भत्ता विरतण रोकिएको थियो ।

सहज तरिकाले भत्ता वितरण गर्ने योजना अनुरुप चेकहरु वडाबाट संकलन गर्ने र वडाको सिफारिस भएको चेकलाई भुक्तानी गरि वडाबाट घर–घरमै पुर्‍याउने योजना अनुसार महानगरको समन्वयमा काम थालिएको प्रवन्धक रिजालले बताए । 

महानगरका १ देखि ५ नम्बर वडाका ५ हजार जेष्ठ नागरिकमध्ये  २ हजार जनाले भत्ता लगिसकेको र १ हजारले असारमा लाने गरेका छन् । त्यस्तै अब २ हजार जेष्ठ नागरिकको वितरण गर्न बाँकी रहेकाले बैंकबाट बितरण थाल्दा पुनः भिड हुने भएकाले सजिलोगरि वडाबाटै वितरण थालिएको हो  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)