वैशाख १३, वीरेन्द्रनगर । सुर्खेतको सिम्ता गाउंँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । घरदैलोमा पुगेर सुरक्षा भत्ता वितरणसँगै कोरोना विरुद्धको चेतना फैलाउने काम समेत गरिएको बताइएको छ ।
लकडाउनका कारण बैंकहरु बन्द हुदा सामाजिक सुरक्षा भत्ता वितरण भएको थिएन । शुक्रवार गाउंँपालिकाले सुर्खेतको वीरेन्द्रनगरमा रहेको लक्ष्मी बैंकबाट रकम निकालेर टोल टोलमा पुगेर भत्ता वितरण गर्न थालेको छ ।
६ नं वडा कार्यलयले भत्ता वितरण गर्ने क्रममा गजौडा टोलमा गएर शारीरिक दूरी कायम गरी मास्क र सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । कोरोनाबाट आफू बचौं र अरूलाई पनि बचाऊँ भन्ने उद्देश्यका साथ यो अभियान शुरू गरेको वडाअध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए ।
वडा नं २, ४, ५ र ८ मा यस अघि नै सामाजिक सुरक्षा वितरण गरिएको थियो भने बाँकी रहेका वडामा शुक्रवारदेखि सामाजिक सुरक्षा भत्ता बुझाउन शुरू गरिएको छ । लकडाउनको समयमा वृद्धवृद्धालाई थप समस्या नहोस् भनेर घरमै पुगे वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले बताए ।