ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपीमा १ सय बेडको कोभिड- १९ अस्पताल सञ्चालन

२०७७ बैशाख, १४  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

वैशाख १४, धरान । प्रदेश नम्बर १ मा कोरोना संक्रमित बढ्दै गएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिएको कोरोना -१९ अस्पताल आइतवारदेखि सञ्चालनमा आएको छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले निरीक्षण गरेपछि अस्पतालको औपचारिक सेवा समेत शुरुवात गरिएको छ । प्रतिष्ठानले आफ्नै पहलमा १ सय बेडको कोरोना १९ अस्पताल निर्माण गरेको हो । सशस्त्र द्वन्द्वका बेला घाइते तथा अङ्गभङ्ग भएकाहरूलाई पुनःस्थापना गर्न निर्माण भएको पुनःस्थापना केन्द्रलाई अस्पतालको रूपमा विकास गरिएको हो । 

अब कोरोना संक्रमित तथा आशंका गरिएका बिरामीहरूलाई छुट्टै राखेर उपचार हुनेछ । अस्पताल परिषरमा ल्याब परीक्षण, हेल्पडेस्कको समेत व्यवस्था गरिएको छ । अस्पतालमा कोरोना संक्रमित भएका तथा आशंका देखिएका बिरामीहरुका लागि १ सय बेड सहित १० ओटा आइसियु बेड, बालबालिकाहरुका लागि छुट्टै कक्ष, सुत्केरी महिलाहरुलाई छुट्टै कक्ष, निर्माण गरेको छ ।

कोरोना संक्रमित बिरामीहरुलाई अन्य परीक्षणका लागि बाहिर पठाउनुपर्ने अवस्थालाई ध्यानमा राखेर अस्पतालभित्रै रेडियोलोजी सेवा, अप्रेसन कक्ष, सिटी स्क्यान, ल्याबलगायत सेवा पनि विस्तार गरिएको छ । 

अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ मा कोरोना बिरामीका लागि छुट्टै अस्पतालको रूपमा १ सय ५० बेडको अस्पताल बनाउन सफल भएको बताए । प्रदेश सरकारको पहलमा कोरोनाको संक्रमण देखिन थालेलगत्तै विराटनगरमा ५० बेडको कोरोना अस्पताल निर्माण गरिएको थियो ।

प्रतिष्ठानले थप १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको विकास र थप सेवाका लागि प्रदेश सरकारले कुनै किसिमको कसर बाँकी नराख्ने मुख्यमन्त्री राईले प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘थप आवश्यक सहयोग, सेवा विस्तारमा प्रदेश सरकारले पूर्णरूपमा सहयोग गर्नेछ ।’ 

कोरोना संक्रमणको केन्द्र बन्दै गए पनि सरकारको तयारी राम्रो रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उनले बताए । उनले भने, ‘प्रदेश नम्बर एक कोरोना भाइरसको केन्द्रविन्दुको रूपमा देखापरेको छ । तर प्रदेश सरकारको अत्यन्त राम्रो तयारी भएकाले आत्तिनुपर्ने अवस्था छैन ।’ 

अस्पतालको सेवा विस्तार गर्दै केही समयभित्रै ५ सय बडेको अस्पतालको रूपमा विकास गर्ने तयारीमा रहेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले बताए । सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने योजना अनुसार थप सेवाका लागि तयारी भइरहेको उनको भनाइ छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)