ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँपालिकाद्वारा एक व्यक्ति : एक मास्क वितरण 

२०७७ बैशाख, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वैशाख १५, वीरेन्द्रनगर ।  सुर्खेत सिम्ता गाउँपालिका वडा नं ३ को आग्रिगाउँका प्रत्येक घरका सदस्यलाई पुग्ने गरी एक व्यक्ति एक मास्क र एक घर एक साबुन वितरण गरिएको छ ।

आग्रिगाउँको प्रत्येक घरधुरीलाई ३ हजार १ सय मास्क र ७१० सावुन वितरण गरिएको छ । मास्क विश्वभरि अभाव भएको अवस्थामा वडा कार्यालयले स्थानीय स्तरमा उत्पादन गरी वितरण गरेको हो । मास्का लागि आवश्यक कच्चापदार्थ मगाएर स्थानीय स्तरमा सिलाएर पठाएको जनाएको छ । 

वडा नं ३ मा गठन गरिएका ९ वटा युनिट एक्सन टिमले प्रत्येक टोलको घरधुरीमा पुगेर प्रत्येक घर परिवारको संख्या, भारत र अन्य देशमा गएको संख्या, घर बाहिर तथा नेपालभित्र कुनै ठाउँमा गएको संख्या र दीर्घ रोगीको अवस्थाको विवरण संकलन समेत गरिसकेको छ ।

मास्क र साबुन वितरण प्रत्येक टोलका युनिट एक्सन टिमको जिम्मा लागाएर घरघरमा गएर एक्सन टिमले वितरण गर्ने वडाध्यक्ष नकुल बुढाले जानकारी दिए ।

३ नं वडा कोरोना रोकथामका लागि सबै राजनीतिक दन, समाजसेवी र संघसंस्था सक्रियता देखिएको छ । केही दिनभित्र विपन्न घरधुरीलाई खाद्यान्न वितरण गर्नेे वडा सचिव तेजविक्रम सिंहले बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)