ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका अस्पतालमा प्रसूति सेवा लिनेको संख्या उत्साहजनक

२०७७ बैशाख, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान १५, वैशाख । अहिले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेक अन्य सेवा उपलब्ध छैन । सरकारले पनि अत्यावश्यक बाहेक अस्पताल नजान सबैलाई आग्रह गरेको छ । त्यसैले अस्पतालहरु अहिले सुनसान जस्तै भएका छन् । तर सल्यानका अस्पतालमा प्रसुति सेवा लिनेहरूको संख्या भने उत्साहजनक छ । 

स्वास्थ्य चौकी देवस्थलका इन्चार्ज भुमा वलीले स्वास्थ्य चौकीमा प्रसूति हुन आउने महिलाको संख्यामा कमी नआएको बताइन् । देवस्थल आसपासका क्षेत्रहरुको केन्द्र भएकाले पनि स्वास्थ्यचौकीमा प्रसूति हुन आउने महिलाको संख्या नघटेको उनको भनाइ छ । ‘विशेष सावधानी अपनाएर हामीले सेवा प्रवाह गरिरहेका छौं,’ उनले भनिन्, ‘प्रसूति सेवासँगै गर्भवती महिला जाँच गर्न आउनुहुन्छ ।’ 

अन्य सेवा बाहेक प्रसूति सेवा सहितका केही सेवाहरु निरन्तर रुपमा प्रवाह गरिरहेको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखराका इन्चार्ज बीरबहादुर वलीले बताए । गर्भवती महिलाहरु घरमा नभएर सुत्केरी हुन स्वास्थ्य संस्थामा नै आउने गरेको उनको भनाइ छ । उनले लकडाउन अघि नै जसरी गर्भवतीहरु प्रोटोकल अनुसार जाँच गर्न आउने गरेको बताए । स्वास्थ्य संस्थाको लक्ष्य अनुसार नै प्रसूति गृहमा सुत्केरी हुन आउनेहरूको संख्या रहेको उनको भनाइ छ । 

स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाले जिल्ला अस्पतालमा अहिले पनि दैनिक रुपमा ५÷६ वटा सुत्केरी हुने गरेको बताए । अत्यावश्यक सेवाभित्र प्रसूति सेवा पनि पर्ने र यो सेवा चौबीसै घण्टा खुला रहने भएकाले पनि सेवा प्रवाहमा समस्या नरहेको उनको भनाइ छ । प्रसूति गृहमा सुत्केरी भए सुरक्षित पनि हुने र सुत्केरी भत्ता पनि पाइने भएकाले पनि प्रसूति गृहमै आएर सुत्केरी हुने महिलाको संख्या बढेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)