ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को आगामी बजेटको आकार घट्ने

२०७७ बैशाख, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

वैशाख १७, विराटनगर । प्रदेश नं १ सरकारले आगामी बजेटमा कोरोनाको कारण पर्न सक्ने असरलाई न्यून गर्ने गरि बजेट निर्माणका तयारी थालेको छ ।

गत आवमा रू. ३५ अर्ब ९३ करोड ६० लाख बजेट बिनियोजन गरेको प्रदेश सरकारले १२ महीनामा ५९ प्रतिशत बजेट खर्च गरेको थियो । प्रदेश सरकारले चालू आवमा ६० प्रतिशत बढी खर्च गर्ने लक्ष्य लिएको छ । 

चालू आवको १० महीनामा ३१ प्रतिशत मात्र बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले बताएपनि आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले दुई महीनासम्ममा ६० प्रतिशत खर्च गर्ने बताएका छन् । आगामी बजेट बारेमा संचारकर्मीसँग मन्त्रालयमा कुरागर्दै मन्त्री आङबोले चालू आवमा ६० प्रतिशत बढी बजेट खर्च हुने बताए । 

उनले चालू आवको हालसम्म ४० प्रतिशत बजेट खर्च भएको र दुई महीना भित्रमा ६०  प्रतिशत बजेट खर्च गरेर अन्य प्रदेशभन्दा बढी बजेट खर्च गर्ने प्रदेश हुने उल्लेख गरे ।

सरकार चालू आवमा रू.४२ अर्ब २० करोड ४ लाख बजेट बिनियोजन गरेको थियो । जसमा चालूतर्फ रू.१८ अर्ब ५४ करोड र पूँजिगततर्फ रू.२३ अर्ब ५७ करोड बजेट विनियोजन भएको थियो ।

कोरोनाको कारण बजेटको आकार घट्ने उल्लेख गर्दै मन्त्री आङबोले विकास बजेटलाई खुम्चन नदिनका लागि फजुल खर्चमा हुने बजेट बिनियोजन रोक्ने र प्रदेश स्तरका प्राथमिकताका क्षेत्रमा बजेट केन्द्रित गरिने बताए । 

आगामी वर्षका लागि संघीय सरकारले राजस्व बाँडफाडको शिलिङ चालू वर्षभन्दा १० प्रतिशत कटौंती गरेर पठाएको छ । समपुरक अनुदान र सशर्त अनुदानको शीर्षक पनि घटेर आउने सम्भावना रहेको छ ।

बजेटको सिलिङ घटेर आएपनि आगमी बजेटलाई बढी प्रभावकारी बनाउनेतर्फ आफु लागि परेको उल्लेख गर्दै उनले राजस्व संकलनमा परेको असरले बजेटको आकार अहिलेको भन्दा घट्ने बताए । विलासिताका बस्तु र फजुल खर्चमा जाने बजेट न्यून गरेर यो वर्ष गौरवका आयोजनाहरुलाई निरन्तरता दिने उनले बताए । 

रू.२ करोडदेखि डेढ अर्बसम्मका योजनाहरु प्रदेश सरकारले संचालन गरिरहेको त्यसबाट तत्कालै लाभ लिन सकिने भएकाले त्यस्ता योजनालाई प्राथमिकतामा राखेको बताए । उनले चालू आवकोे विभिन्न १२ शिर्षकका रू.५ अर्ब खर्च गर्न रोकिएको जानकारी दिए । आगामी बजेटको प्राथमिकता कृषि, स्वास्थ्य र शिक्षा रहेको जानकारी दिंदै कृषि रोजगार सृजना गर्ने तर्फ पनि ध्यान दिने बताए ।

‘कृषकहरुलाई अनुदान दिने कुरामा र उत्पादकत्व बढाउने हाम्रो प्राथमिकता हुन्छ, यसो गर्न सकियो भने आथिक बृद्धिदर हाँसिल गर्न पनि सहयोग पुग्छ,’ उनले भने ‘अबको गन्तव्यनै ग्रामिण अर्थतन्त्रको सुधार हो ।’

कोरोनाको कारण रोजगारी गुमाएर घर फर्किएकालाई कृषिमा आधारित बनाई कृषि  व्यवसायलाई लक्षित गरि बजेट निर्माण गरिने उल्लेख गरे । 

आगामी वर्षको बजेट र आकार कस्तो हुने भन्ने विषय एक हप्तापछि मात्र थाहा हुने बताउँदै मन्त्री आङ्बोले स्रोत पहिचान समितिको अध्यायन, राजस्व परामर्श समितिको सुझाव साथै चालू आवको मौजादात रकम कस्तो हुन्छ त्यसले निधारण गर्ने बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)