ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउन विज्ञको सुझाव 

२०७७ बैशाख, १७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

वैशाख १७, विराटनगर । आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनु पर्ने विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । बुधवार मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको संयुक्त आयोजनामा ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था कोभिड–१९ पछीको अर्थतन्त्रको परिदृश्यका’ विषयमा भएको छलफल कार्यक्रममा विज्ञहरुले त्यस्तो सुझाव दिएका हुन् । 

कोरोना भाइरसको कारण लाखौंको रोजगारी गुम्ने भएकाले कृषिमा आधारित रहेर योजना तर्जुमा गर्नुपर्ने उनीहरुले सुझाएका हुन् । 

छलफलमा अर्थशास्त्रीहरुले कोभिड–१९ पछीको विश्वको अर्थतन्त्रलाई दृष्टिगत गर्दै नेपालको आगामी आर्थिक विकासका लागि कृषिलाई प्राथमिकता दिनुपर्ने, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना गर्नुपर्ने, वैदेशिक रोजगारीबाट फर्केर आएका श्रमशक्तिलाई तत्काल कृषि क्षेत्रमा लगाउनु पर्ने, एग्रो इण्डष्ट्रियल लिंकेज हुने नीति अवलम्बन गर्नु पर्ने सरकारलाई सुझाब दिएका छन् । 

अर्थशास्त्रीहरुले सरकारले अविलम्ब अल्पकालिन र दिर्घकालिन नीति ल्याई कार्ययोजना बनाई यस अघिका नीतिहरुलाई परिमार्जन गर्दै अगाडी बढेमा वर्तमान चुनौतिलाई अवसरका रुपमा परिणत गर्न सकिने धारणा राखे । 

छलफलमा अर्थशास्त्री डा. भेष प्रसाद धमलाले सरकारले अघिका सम्पूर्ण योजना, नीतिलाई पुनरावलोकन गरी आगामी दिनमा योजना तर्जुमा गर्नु पर्ने, संरचनात्मक परिवर्तन गर्नुपर्ने, आर्थिक विकासको केन्द्रविन्दु कृषिलाई बनाउनु पर्ने उल्लेख गरे । 

अर्थशास्त्री डा. अर्जुन बरालले विश्व आर्थिक मन्दीको यस अवस्थाबाट पार पाउन सम्पूर्ण नीतिमै परिवर्तन ल्याई विशेष गरी एग्रो प्रोशेशिङ्ग, एग्रो इण्डष्ट्रियल लिंकेजमा जोड दिनु पर्ने धारणा राखे । 

अर्थशास्त्री डा. वेदराज आचार्यले अन्य कुराको साथ साथै शासन संचालनमा पनि सुधार गरेर अगाडी बढनु पर्नेमा बताउदै नीति नियम जतिसुकै राम्रो भएपनि कार्यान्वयन प्रभावकारी नभए नीतिको औचित्य नहुने भएकोले शासन प्रणालीमा सुधार ल्याउनु पर्ने सुझाव दिए । 

प्राध्यापक विजु थपलियाले आर्थिक एवम् उद्योग व्यवसाय क्षेत्रलाई वर्तमान अवस्थाबाट पूर्नजिवन दिन एक्शन प्लान बनाउनु पर्ने, रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने, त्यसका लागि नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति कार्यान्वयन गर्नु पर्ने धारणा राखे ।

प्रदेश योजना आयोगका सदस्य पूर्ण लोक्सोमले कोरोनाबाट सिर्जित अवस्थाले क्रमभंग भएकाले नविनतम अवसरको रुपमा आगामी दिनमा अगाडी बढनु पर्ने बताए । उनले स्थानीय श्रोत साधनको अधिकतम प्रयोग गर्दै त्यसमा आधारित उद्योग व्यवसायलाई प्राथमिकता दिई स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने नीति सरकारले ल्याउनुपर्ने बताए ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेलले कोविड–१९ पछी सरकारले कस्तो कार्ययोजना बनाई अघी बढेमा आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने विषयमा केन्द्रित रहि अर्थशास्त्री, वौद्धिक वर्गसँग छलफल आयोजना गरिएको बताए । 

उनले आगामी दिन सरकार, र नीजि क्षेत्र दुवैका लागि चुनौतिपूर्ण भएकाले चुनौतिलाई कसरी अवसरका रुपमा प्रयोग गर्न सकिन्छ,  त्यसका लागि सरकारले अख्तियार गर्नु पर्ने नीति कस्तो हुनुपर्छ र नीजि क्षेत्रको विकासका लागि सरकार, नीजि क्षेत्रबीच कुन कुन विषयमा हातेमालो गरी अगाडी वढ्ने भन्ने विषयमा नेपाल सरकार, प्रदेश सरकार समक्ष नीजि क्षेत्रका तर्फबाट सुझाव प्रस्तुत गर्न छलफलले सहयोग पुर्‍याउने बताए । 

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, संगठनका उपाध्यक्ष प्रदीप मुरारका, कोषाध्यक्ष नन्दकिशोर राठी, कार्यसमिति सदस्य सुरेन्द्र गोल्छा, विपिन कावरा, तारानाथ निरौला, संघका महासचिव अनिल कुमार साह, सचिव अनिल सारडा, संघका कार्यकारीणी सदस्य मनिष कुमार मारुको उस्थिति थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)