ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

३३ अर्बसम्मको बजेट ल्याउने तयारीमा छौं : मन्त्री ज्वाला

स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता

२०७७ बैशाख, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

वैशाख १८, सल्यान । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले रू. ३३ अर्बसम्मको बजेट ल्याउने तयारी गरेको बताएका छन् । अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको तयारी सुरु गरिएको उनको भनाइ छ ।

बिहीवार सल्यानको खलंगामा पत्रकार सँग कुराकानी गर्दै मन्त्री ज्वालाले प्रदेश सरकारलाई प्राप्त बजेटको सिलिङ अनुसार वजेट ल्याउने तयारी गरिएको बताए । ‘हामीले ३३ अर्ब सम्मको बजेट ल्याउने तयारी गरेका छौं, जसमा समानीकरण अनुदान १० अर्ब, राजस्व बाँडफाँटेतर्फ साढे ७ अर्ब, आन्तरिक स्रोत ३९ करोड हुने हाम्रो अनुमान छ,’ उनले भने ।

उनले बजेटका विषयमा सरोकारवाला निकायहरूसँग छलफल शुरु भएको उनले बताए । ‘प्रि–बजेटका बारेमा छलफल गर्नुपर्ने हो, तर अहिले त्यो सम्भावना भएन, हामीले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिरहेका छौं,’ उनले भने । तोकिएको समय असार १ गते अगाडि नै प्रदेश सरकारले बजेट ल्याइने उनको भनाइ छ । तर संसदीय प्रक्रिया अगाडि बढाउन समस्या भएको उनले बताए । 

कोरोना भाइरसका कारण सरकारले यस वर्ष पूरै बजेट खर्च गर्न समस्या भएको उनको भनाइ छ । ‘हामीले यस बर्ष करिब सबै बजेट खर्च गर्ने गरी काम अगाडी बढाएका थियौँ, तर काम गर्ने मूख्य समय चैत, वैशाख र जेठमा कोरोनाका कारण काम हुन सकेको छैन’ उनले भने, ‘काम गर्ने मुख्य समयमा काम नहँुदा पुरै बजेट खर्च नहुने भयो ।’ 

चालू आव २०७६÷७७ का लागि कर्णाली सरकारले रू. ३४ अर्ब ३५ करोड बराबरको बजेट ल्याएको थियो । तर कोरोनाका कारण करिब १० अर्ब बजेट खर्च नहुने मन्त्री ज्वालाको भनाइ छ । अघिल्ला वर्षका बजेटमा प्रदेश सरकारले कृषि, सडक, पर्यटन र पूर्वाधारलाई विशेष जोड दिँदै आएको थियो । 
मन्त्री ज्वालाले आगामी बर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथामिकता दिएर बजेट ल्याउने बताए । परम्परागत तरिकाले भन्दा पनि समय सापेक्ष स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने उनको भनाई छ । ‘स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार ः त्यसका लागी पूर्वाधार’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै रोजगारीमुलक, उत्पादनमुलक क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याउने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)