ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका सामुदायिक विद्यालयद्वारा धमाधम नतीजा प्रकाशन 

२०७७ बैशाख, १९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

वैशाख १९, सल्यान । सल्यानका सामुदायिक विद्यालयहरूले धमाधम नतीजा प्रकाशन गर्न शुरू गरेका छन् । शैक्षिक सत्र २०७६ मा वार्षिक परिक्षा सम्पन्न भएका कक्षा ८ बाहेक कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतीजा प्रकाशन गर्न सामुदायिक विद्यालयहरूले शुरू गरेका हुन् । अहिलेसम्म जिल्लाका दर्जन बढी सामुदायिक विद्यालयले नतीजा प्रकाशन गरिसकेका छन् ।

कक्षा ८ को वार्षिक परीक्षा पालिकास्तरीय भएकाले पालिकाको निर्णय अनुसार नतीजा प्रकाशन हुनेछ । बन्दाबन्दीका कारण घरमा बसेका बालबालिका तथा विद्यार्थीहरुमा पढाइ प्रतिरुचि बढाउन र घरमै पठनपाठनका क्रियाकलापमा सहभागिता बनाउन नतीजा प्रकाशन गर्न थालिएको विद्यालयहरूको भनाइ छ । 
महेन्द्र रत्न माद्यामिक बिद्यालय पिपलनेटाका प्रधानाध्यापक प्रकाश हमालले कोरोना भाइरसको कहरका वावजुत बिद्यालयले नतिजा प्रकाशन गरेको बताए । परिक्षामा सहभागी ३ सय ५४ बिद्यार्थी मध्ये ३ सय १४ जना उत्तिर्ण र ४० जना अनुत्तिर्ण भएको उनको भनाई छ । नतिजा फोन, एसएमएस तथा सामाजिक सञ्जालबाट पनि बिद्यार्थी र अभिभावकले हेर्न मिल्ने गरी प्रकाशन गरिएको उनले बताए ।

बिद्यालयले नतिजा प्रकाशन गरे सँगै नयाँ बिद्यार्थी भर्ना अभियान समेत शुरु गरिएको महेन्द्र माद्यामिक बिद्यालय लेखपोखराका प्रधानाध्यापक रोमहर्ष केसीले बताए । उनले बिद्यालयमा अध्ययनरत २ सय ६४ जना बिद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको बताए । ‘नतिजा प्रकाशन सँगै हामीले फोन मार्फत बिद्यार्थी भर्ना अभियान शुरु गरेका छन्, अभिभावकको फोनका आधारमा अहिले बिद्यार्थी भर्ना भैरहेका छन्’ उनले भने ।

बिद्यालयले प्रकाशन गरेको नतिजामा अनुत्तिर्ण भएका बिद्यार्थीहरुलाई कक्षाबृद्धिका लागी मौका परिक्षा दिने ब्यबस्था मिलाइएको शिवजन माद्यामिक बिद्यालय सितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बताए । बिद्यालयमा अध्ययनरत १ हजार ३ सय ३४ जना बिद्यार्थीको नतिजा प्रकाशन गरिएको उनको भनाई छ । ‘हामीले वेबसाइट, सामाजिक सञ्जाल, फोन मार्फत नतिजा हेर्न मिल्ने ब्यबस्था गरेका छौँ, बन्दाबन्दी खुलेपछि बिद्यार्थी भर्ना अभियान सञ्चालन गर्छौ’ उनले भने । 
बन्दाबन्दी पछि मात्रै नतिजा प्रकाशन गर्छौ ः निजि बिद्यालय

सल्यानका संस्थागत बिद्यालयहरुले भने बन्दाबन्दी पछि मात्रै परिक्षाफल प्रकाशन गर्ने जनाएका छन् । नतिजा प्रकाशनको सबै तयारी पुरा भएपनि बन्दाबन्दी पछि मात्रै नजिता प्रकाशन गर्ने उनीहरुको तयारी छ । प्याब्सन र एनप्याब्सनमा आबद्ध सबै संस्थागत बिद्यालयहरुले बन्दाबन्दी पछि मात्रै नतिजा प्रकाशन गर्ने भएका हुन् । प्याब्सनका केन्द्रिय सदस्य महेश देबकोटाले बन्दाबन्दी हटेको एक हप्ता भित्रमा नै नतिजा प्रकाशन गर्ने तयारी गरिएको जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)