ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी कुहिन थालेपछि वराह क्षेत्रस्थित ढोलबजियाका कृषक निराश

२०७७ बैशाख, २०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

वैशाख २०, सुनसरी । वराहक्षेत्र ९ स्थित ढोलबजिया, हिडलुवाका कृषकहरू बारीमा लगाएको तरकारी कुहिन थालेपछि निराश बनेका छन् । कोभिड १९ संक्रमण प्रकोपका कारण देश २०७६ चैत ११ देखि बन्दाबन्दी भएर बारीमा फलेको तरकारी बजार पुर्‍याउन नसकेपछि बारीमै तरकारी कुहिन थालेको हो ।

वैदेशिक रोजगारीबाट फर्किएका ३ युवाले ढोलबजियास्थित संचालन गरेको सुन्दर कृषि फर्ममा अहिले जताततै तरकारी कुहिन थालेको छ । ‘हाम्रो दैनिक ५ सय केजी काँक्रा र सोही अनुसारको अन्य तरकारी उत्पादन हुन्छ, लकडाउनका कारण गाउँ बाहिर तरकारी जाने अवस्था छैन, यहाँ सबैले खेती गरेकै छन् ।

विक्री हुने कुरै भएन, त्यसैले यो पटक हामी रू.८ लाखसम्मको घाटा बहोर्दै छौं,’ फार्मका सञ्चालक अमिर निरौलाले भने । फार्ममा अहिले काँक्रा, करेला बोडी, खुर्सानी, टमाटर, आलुजस्ता खेती लगाइए पनि विक्री हुन सकेन ।

तरकारी बारीमा कुहिएको खबर नगरपालिकाले पाएपछि बिक्री वितरणका लागि कृषि बजार स्थापना गरेको थियो । तर बजार सम्म तरकारी पुर्याउँदा स्थानीयले विरोध गर्न थाले पछि बजार पनि बन्द भएको छ । उनले भने, विक्री गर्न जानका लागि पास पनि दियो तर सामाजिक दूरी कायम हुन नसक्दा र जनताले नै विभिन्न गाउँ टोलमा प्रवेश निषेध गर्नाले हामी ब्याक भयौँ, यो वर्षलाई हाम्रो मनोबल पनि गिरेको छ, हामीले तरकारीको स्याहार उपचार गरेका छैनौं ।’ 

वराहक्षेत्रको वडा नम्बर ९ मा रहेको ढोलबजिया कृषिका लागि अब्बल मानिन्छ । अधिकांश कृषकहरूले तरकारी खेती गरेका छन् । उत्पादन राम्रो भएकाले नै यहाँका मानिस व्यावसायिक कृषितर्फ आकर्षित छन् ।

सुन्दर कृषि फर्मका सञ्चालक निरौला भन्छन् ‘हामी सञ्चालक त त्यसै घाटामा छौं तर हामी सँग काम गरिरहेका कर्मचारीका बारेमा पनि हामीले सोच्नु पर्छ, उहाँहरू अहिले आफैं अवस्था बुझेर आउन छोड्नु भयो र पनि हामी गम्भीर छौं, उहाँहरूको रोजीरोटीमा पनि हामीले ध्यान दिनु पर्छ ।’

सुन्दर कृषि फर्म ३ जना साझेदारले सञ्चालन गरेका छन् । अमिर निरौला, रघुवीर चन्द्रवंशी र छविलाल चौधरी तीनै जना बैदेशिक रोजगारीबाट फर्केका युवा हुन् । 

त्यस्तै गोपाल मण्डलको बारीमा पनि तरकारी कुहिने क्रम जारी छ । ऋण गरेर लगाएको तरकारी  विक्री हुन छाडेपछि अहिले उनले रू.१ लाखको नोक्सानी ब्यहोरी सकेका छन् । उनले ४ कठ्ठामा काँक्रा, खोर्सानी, करेला, साग खेती गरेका हुन । ‘मुख्य आयश्रोत तरकारी खेती नै भएको हुँदा अहिले आम्दानीको बाटो नै बन्द भयो, घरपरिवार चलाउनै मुस्किल छ ।’ मण्डलले दुखेसो पोखे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)